काठमाडौं – दिन प्रतिदिन पेट्रोलियम पदार्थ र ग्यासको बढ्दो मूल्यले नेपाली भान्सा महँगिएको छ ।
केही दिनअघि नेपाल आयल निगमले ग्यासको भाउ एकैपटक प्रतिसिलिण्डर ७५ रुपैयाँले बढायो । ‘जसले नेपाली भान्सालाई झनै महँगो बनाएको छ ।
एकातिर आयातित ग्यासको भाउ बढ्दै गएको छ भने अर्कोतिर नेपालमै उत्पादित बिजुलीले बजार खोजिरहेको अवस्था छ । यसको लागि विद्युत प्राधिकरणले बुधबारदेखि विद्युतको आधारभूत शुल्कमा कमी पनि ल्याएको छ ।
’तर, अब ग्यासको बढ्दो मूल्यको असरबाट बच्न के गर्ने ? जानकारहरू बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न भान्सालाई विद्युतीकरण गर्न सकिने सुझाव दिन्छन् ।
यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकहरूमा विद्युतीय उपकरण प्रयोग गर्नेबारे छलफल भएको छ ।
ऊर्जामन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग छलफल गरेका हुन् ।
विद्युत खपत तथा वातावरण संरक्षणका लागि सवच्छ ऊर्जाको प्रयोग बढाउन छलफल गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यो पनि : अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको सम’स्या नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालमा स्रोत र साधन प्रशस्त मात्रामा भए पनि त्यसलाई परिचालन गर्ने कला नभएर देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताए ।
कार्यक्रममा उनले भने, ‘हामीसँग साधन स्रोतको सम’स्या होइन । हामीसँग पुँजीको पनि त्यति स’मस्या होइन । हामीसँग श्रमको सम’स्या होइन । हामीसँग व्यापारको पनि सम’स्या होइन । हामीसँग व्यवस्थापनको मात्र सम’स्या छ । व्यवस्थापन गर्ने कलामा विकास गरे अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।’
अर्थमन्त्री शर्माले भएको साधन स्रोतको व्यवस्थापन मात्र गर्न सकियो भने नै पर्याप्त हुने धारणा राखे । उनले निजी क्षेत्र निजी स्वार्थमा आधारित नभएको बताए । ‘निजी क्षेत्र राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित छ,’ उनले भने, ‘निजी क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिए पनि सार्वजनिक क्षेत्र भताभुङ्ग भइरहेको हुन्छ ।’
निजी क्षेत्र र सरकारबीचको आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य रहेको उनले बताए । साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि र लगानीलाई परिणाममुखी बनाउनका लागि सरकारको तर्फबाट विभिन्न खालका सहुलियतहरू दिनुपर्ने आवश्यकता रहेको समेत बताए ।
उनले भने, ‘निजी क्षेत्रमा केही राहतका कार्यक्रम भए पनि मागेजस्तो नभएको भन्ने धेरै गुनासो छ । यसका लागि सरकारले प्रयास गरिरहेको छ । निजी क्षेत्रको सल्लाहअनुसार नै अगाडि बढ्न सरकार प्रयत्नरत रहेको छ ।’
निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नुपर्छ भन्ने छैन ।’ अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा लगानी गर्न पर्नेमा पनि उनले जोड दिए ।
निजी क्षेत्रको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुगिरहेको उनको भनाइ थियो । अर्थमन्त्री शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा अहिलेको हाम्रो अर्थतन्त्रले चालू खर्चलाई नै धान्न गाह्रो परेको अवस्था छ । जसका कारण पुँजीगत खर्च गरेर पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा रोजगार लगायत क्षेत्रमा लगानी गर्न सरकारलाई समस्या परेको छ ।’
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारले गर्नपर्ने सहयोग गर्दै आएको दाबी गरे । उनले व्यवसायीलाई करमा छुट दिने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता नियन्त्रण गर्न सहयोग पुर्याउँदै आएको उल्लेख गरे ।
उनले भने, ‘राष्ट्र बैंकले कारोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई पनि सरकारले सहुलियत ऋण तथा व्याजदर नियन्त्रण लगायतको सुविधा दिँदै आएको छ ।
साथै, राष्ट्र बैंकले कर्जाको ब्याज भुक्तानीको लागि समय थप, ब्याज पुँजीकरणको सुविधा पुनकर्जा सुविधा लगायतको सुविधा दिँदै आएको छ । केन्द्रीय बैंकले साना निक्षेपकर्ता एवं ऋणिले प्राप्त गर्ने सेवा सुविधामा विशेष ध्यान दिएको छ ।’
निजी पक्षलाई सँगै लिएर अघि बढ्न सकेमा अर्थतन्त्रले ठूलो फड्को मार्ने उनको भनाइ छ । उनले वैदेशिक लगानीलाई प्रवर्द्धन गरेर पनि नेपालको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताए ।
त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले उद्योगीलाई ठूलो योगदान पुर्याएको बताए । उनले नेपालमा कोरोना महामारीले पुर्याएको नोक्सानमा केन्द्रीय बैंकको कुशल व्यवस्थापनले ८० प्रतिशत समस्या कम हुँदै गएको बताए ।
कोरोना महामारीले देशको अर्थतन्त्रमा ठूलो नोक्सान परेको बताउँदै उनले पर्यटनमा जोड दिनुपर्ने बताए । अझै केही नीतिगत सुधार गरेर पर्यटन भित्र्याउन अझै हवाई उडानको संख्या बढाउनुपर्ने बताए । पहिलाकै स्थितिमा उडान भए पर्यटक भित्रिने छ ।
पर्यटनले ६ देखि ७ प्रतिशतसम्म अर्थतन्त्र धानेको बताउँदै उनले एमससी पास गर्न पर्नेमा पनि जोड दिए ।





















