धनगढी –
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको सम’स्याले केही दिनभित्रै समाधान हुने बताएका छन् ।
उनले सर्वोच्च अदालत जस्ता गरिमामय संस्थामा सम’स्या देखिनु राम्रो नभएकोले छिटो भन्दा छिटो समाधान हुनु पर्ने बताएका छन् ।
बुधबार कैलाली विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले सकभर अदालत आफैंले सम’स्या समाधान गर्नु पर्ने सरकारमा रहेका गठबन्धन दलहरूको सोच रहेको बताउँदै उनले सम्भव नभए गठबन्धनको बैठक बसेर यसबारे के गर्ने भन्ने छलफल गरेर निकासका लागि पहल गरिने बताए ।
‘सर्वोच्चको सम’स्या ठूलो सम’स्या हुन्छ भन्ने लागेको छैन,’ उनले भने । अध्यक्ष दाहालले एमसीसीका सम्बन्धमा हालै अमेरिकी विदेश सहायक मन्त्री नेपाल आएका बखत यसबारेमा खुलेरै छलफल भएको बताए ।
‘अमेरिकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘छलफल ग’म्भीर ढंगले चलेको छ, जनतामा उठिरहेका प्रश्नको जवाफ नदिएर ऋण अनुदान नलिने, फिर्ता लैजाउ भन्ने कसैको धारणा छैन ।’
उनले यतिबेला राजनैतिक दलहरू अधिवेशन र सम्मेलनमा व्यस्त नभएको भए सबै दलहरूकाबीच यसबारे व्यापक छलफल हुने थियो, दलहरूको व्यस्तता सकिएपछि व्यापक रुपमा छलफल गरेर अगाडि बढने गठबन्धनमा छलफल भएको छ ।’
एमसीसीकै बारेमा अध्यक्ष दाहालले गठबन्धनभित्र सुरुमा भएको ओरिजनल सहमति तिर जाने कि भन्ने चर्चा पनि भएको छ ।
तर जनतामा व्यापक रुपमा चासो उठेको विषयमा दलहरू भित्र मात्र होइन, सञ्चार क्षेत्र, नागरिक समाज सबै प्रमुख दलहरूका बीचमा छलफल चलाएर अघि बढने गठबन्धनमा छलफल भएको उनले बताए । ‘एमसीसीका सम्बन्धमा लुकीछिपि केही हुँदैन,’ उनले भने ।
अध्यक्ष दाहालले गठबन्धन दलको संयन्त्र बनाइएको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको भएपनि यो संयन्त्र सरकार भन्दा माथि नभएको र गठबन्धन दलकबीच आपसी समझदारी बलियो बनाउन बनाइएको दाबी गरे ।
उनले संयन्त्र बनेपछि गठबन्धन सरकारलाई आउने चुनावसमम लैजाने बाटो क्लियर भएको बताए । सरकारबारे भ्रम फैलाने अवस्था अन्त्य भएको उनले बताए ।
अध्यक्ष दाहालले आगामी निर्वाचनका सम्बन्धमा तीनै तहको एकैपटक गर्नै वा पहिले संघीय संसदको निर्वाचन गरेर पछि स्थानीय तहको गर्ने वा स्थानीय निर्वाचनपछि अन्य निर्वाचन गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।
कैलालीको भजनी नगरपालिका लगायतका ठाउँमा हुने कार्यक्रमका लागि धनगढी आइपुगेका दाहालले प्रदेश सरकार बारेमा कुनै कुरा नउठेको बताए । ‘अहिले सरकार यताउता गर्ने चर्चा चलेको छैन,’ उनले भने ।





















