तिलोत्तमा –
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दु र्घ ट नामा परी मृ त्यु भएको छ ।
दाङबाट बुटवल आउने क्रममा गएराति ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठ क्क र दिँदा उनी घा इ ते भएका थिए ।
घा इ ते बन्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे बजे मृ त्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए ।
दाङमा घा इ ते अ पां गको बैठकमा सहभागी भएर फर्कंदै गर्दा बुटवल जितगढीमा दु र्घ ट ना भएको थियो ।
माओवादीको स श स्त्र द्व न्द्व देखि नै भूमिगत राजनीतिमा होमिएका बन्जाडेको नि ध नले पार्टीले एक असल र इमानदार कार्यकर्ता गुमाएको माओवादी नेता विनोद पहाडीले बताए ।
उनले सामान्य जीवनशैली तर संगठनका लागि जीवन दिने एक अभिभावकीय नेता गुमाउनुपरेकामा चिन्ता व्यक्त गरे । सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्षसमेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्जसमेत थिए ।
५५ वर्षीय बन्जाडेको नि ध नमा पार्टीले शो क स भा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए । अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडेका श्रीमती, एक छोरा र एक छोरी छन् ।
यो पनि : एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।
उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् ।
उनले भने, ‘मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।’ त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ । उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।
महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिने छन् । मदन भण्डारी, भिआई लेनिनका तस्बिर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए ।
ट्रेड युनियन महासंघको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ । यसका लागि चार लाख खर्च हुने अनुमान गरिएको छ ।
यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि एक लाख खर्च हुनेछ । यो फाइबरको बन्ने छ ।
नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठ बताउँछन् । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।
उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।





















