अस्ट्रेलिया र जापान जाने तयारीमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसिको खबर

काठमाडौं –

उच्च  शिक्षामा  जान  चाहने  विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ ।

कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ । यी  दुवै  मुलुक  उच्चशिक्षाका  लागि  विदेशिन  चाहने  नेपाली  विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् ।

अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी  विदेशीका  लागि  पर्यटक  भीसाबाहेक  अन्यका  लागि  बोर्डर खुला गरिसकेको छ । दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।

यस्तै लामो समयपछि अस्ट्रेलिया प्रवेश खुल्ला भएको छ । हालैमात्र अस्ट्रेलियन सरकारले को भि ड–१९ विरु द्धको पूर्ण डोज खोप लगाएकाहरुलाई प्रवेश खुल्ला गरेको हो ।

योसँगै अब को रो ना विरु द्धको भ्याक्सिनको पूर्ण मात्रा लगाएका अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाको पीआर भएका व्यक्ति, विद्यार्थी भिषा प्राप्त गरेका  व्यक्ति लगायत २८ प्रकारका भिसा प्राप्त गरेकाहरुले अष्ट्रेलिया जान अथवा अस्ट्रेलियाबाट बाहिरिन पाउने भएका छन् ।

अस्ट्रेलियाको सीमा खुलेसँगै वैदेशिक उच्च शिक्षाका लागि पर्खिरहेका विद्यार्थी माझ खुसी छाएको  इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन अस्ट्रेलियाका संस्थापक सिइओ सागर लोहनी बताए । 


अष्ट्रेलियाली सरकारले एक सूचना जारी गर्दै को रो नाको कारण यात्रामा लगाएको प्र ति ब न्ध हटाएको घोषणा गरेको छ ।

अस्ट्राजेनिका, फाइजर, मोडर्ना, सिनोभ्याक, कोभ्याक्सिन र सिनोफार्मको खोपको दुई डोज अथवा जेनसेनको एक मात्रा खोप लगाइसकेको १८ वर्ष देखि ६० वर्ष सम्मका नागरिकहरूलाई अष्ट्रेलियाको यात्रामा प्र ति ब न्ध फुकुवा गरिएको हो । 

यात्रा गर्नको लागि खोप लगाएको कम्तिमा पनि सात दिन कटेको हुनुपर्नेछ ।

त्यसैगरी १२ वर्ष भन्दा मुनिका बालबालिकालाई पूर्ण रुपमा खोप लगाइसकेको यात्रीको रुपमा लिइनेछ भने १२ वर्ष देखि १७ वर्षसम्मका बालबालिकालाई खोप प्रमाणको

आवश्यकता नभए पनि पूर्ण रुपमा खोप लगाएको अभिभावकसँग आएको खण्डमा मात्र यात्रा गर्न दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...