सुकुम्बासीलाई भूमि दिन्छु भन्ने केपी ओली ठ ग हुन् : प्रचण्ड !

चितवन –

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले जनतालाई ठ गे को आ रो प लगाएका छन् ।

सोमबार चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सु कु म्बा सीहरुलाई भूमि दिन्छु भन्दै केपी ओलीले भ्र म छरेको तर काम केहि नभएकोे आ रो प लागए ।

सु कु म्बा सी सम स्या समाधान आयोगलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएकाले आयोग खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरिएकोे पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

ओलीले जनतालाई सहजै ठग्न सक्ने भन्दै प्रचण्डले ओली नेपालकै सफल ठग भएको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले नेपाल माओवादी केन्द्रकै राजनीतिमा रहेको बताएका छन् ।

प्रधानमन्त्री र राष्ट्रपति जो भएपनि देशमा माओवादी केन्द्रकै वरिपरि रहेको बताए । उनले देशमा भएको परिवर्तनको बाहक माओवादी भएको भन्दै प्रतिक्रा न्तिको सपना कसैले देखे वि द्रो ह गर्ने चे ता व नी दिएका छन् ।

यसैगरी ओलीको कारण चितवनका विभिन्न विकास योजनाको काम रोकिएको पनि प्रचण्डको आ रो प छ । चितवनमा केहि भए प्रचण्ड बलियो हुने भएकाले माडीको विकास, सभा गृह , शक्ति खोरको औद्योगिक क्षेत्रलगायतको काममा ढिला सुस्ती भएको उनले बताए ।

ओलीले प्रचण्डलाई सिध्याउनकै लागि एमालेको महाधिवेशन चितवनमा गर्न लागेको प्रचण्डको दावी छ । ओलीले अ त्या चा र गरेकाले एमाले केन्द्र र प्रदेशबाट बढारिएको पनि अध्यक्ष प्रचण्डले बताए । न्युज२४बाट

यो पनि : नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १०औँ महाधिवेशनमा सचिवमा चुनाव ल ड्ने भएका हुन्।

मध्यपुर थिमिको सम्पर्क कार्यलयमा नेता बस्नेतले आफ्नाे धारणा प्रस्तुत गरी उम्मेदवारी घाेषणा गरेका हुन् । उनले एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्ति परिचालन गर्न उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

नेता बस्नेतले सचिवमा आफ्ना ११ वटा आधार प्रस्तुत समेत गरेका छन् ।

१, जनयु द्धका नाममा माओवादीले एमालेका तीन सय कार्यकर्ताको ह त्या गरेको र पछि वाइसिएलका नाममा आ तं क म च्चाएको बेला युथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।

२, माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको ।

३, माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।

४, पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको । सो गरे बापत अनेक झु ट आ रो प व्यहोरेर अप मा नित हुनु परेको ।

५, संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

६, एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४ को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटकपटक मन्त्री बनाउने तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पूरा गर्न नदिए पनि सदनभित्र सरकारको पक्षमा सशक्त भूमिका निर्वाह गरेको ।

७, भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रस्तुत गरेको ।

८, राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

९, पुस ५ पछाडि सत्ता र शक्तिभित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको ।

१०, पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पूरा गरेको ।

११, मधेशमा पार्टी अध्यक्ष क केपी शर्मा ओली र एमालेलाई निशेध गर्ने दु सप्र चार गरिरहँदा मधेशका युवा समेटेर एमाले र केपी कमरेडको पक्षमा माहोल शृजना गर्न लागेको । हाम्रो पार्टीको सरकार मजबुत बनाउन मधेसवादी दलसँगको संबाद र सहकार्यमा प्रभाबकारी भूमिका खेलेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...