काठमाडौं –
चिनियाँ राष्ट्रपति सी जिनपिङले साना मुलुकलाई न ध म्क्या उ ने बताएका छन् ।
सोमबार दक्षिणपूर्वी एसियाली राष्ट्र (आसियान) को सम्मेलनमा बोल्दै सीले आफ्ना क्षेत्रीय छिमेकीलाई चीनले न ध म्क्या उ ने बताएका हुन् ।
‘चीन आसियानको एउटा असल छिमेकी, साथी र साझेदार थियो, हो र सँधै हुनेछ’ सीलाई उदृत गर्दै चिनियाँ सरकारी समाचार माध्यमले लेखेको छ ।
ठूलो चीनले साना मुलुकलाई द बा ब नदिने र ‘ह स्त क्षे प’ अन्त्य गर्नका लागि दक्षिणपूर्वी एसियाली मुलुकसँग सहकार्य गर्ने समेत सीको भनाइ थियो । दक्षिणी चिनियाँ सागरमा आसियान राष्ट्रसँग बढ्दै गएको त ना व बीच सीले उक्त कुरा बताएका हुन् ।
दक्षिणी चिनियाँ सागरमा आफ्नो दाबी गरिरहेको चीनका कारण अमेरिका र जापान समेत सतर्क बन्न पुगेका छन् । उक्त क्षेत्रमा भियतनाम, फिलिपिन्स, ब्रुनाइ, ताइवान र मलेसियाले दाबी गरिरहेका छन् ।
यो पनि : नेकपा (एमाले)का नेता रामबहादुर थापाले आफूहरूले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको बताउनुभएको छ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहनु भएका नेता थापाले आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउने गरी महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरिने उल्लेख गर्नुभयो ।
पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनःसत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको जिकिर गर्नुभयो ।
थापाले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरूको संरक्षण गर्न लागि परेको सत्तारुढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको बताउनुभयो ।
पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिवाद गर्दै आसन्न महाधिवेशनबाट एमालेको जनपरिचालनले सामर्थ्य प्रदर्शित गरिने बताउनुभयो ।
यो पनि : पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले माओवादी अध्यक्ष प्रचण्डले मधेसलाई पटकपटक धो का दिँदै आएको आ रो प लगाएका छन् ।
रौतहटको विजयपुरमा आयोजित नेकपा एमाले फतुवा विजयपुर प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले आफू टिकिरहन प्रचण्डले सुरुदेखि अहिलेसम्म मधेसलाई धो का दिँदै आएको दाबी गरे ।
प्रचण्डले कहिले एक मधेश प्रदेश बनाउने, कहिले पाँच टुक्रा बनाउने, कहिले पहिचान सहितको एक प्रदेश बनाउने भनेर अन्तिममा कांग्रेस र एमाले दुई प्रदेश बनाउन भन्दा समेत पहाडमा जोडेर मधेसलाई एक प्रदेशमा सीमित गरेको नेता साहको आरोप छ ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश २ का सहइन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, प्रदेश अध्यक्ष ज्वाला साह, रौतहट जिल्ला अध्यक्ष तुलसी राज गिरी,सचीव मनोज यादवलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।