१ महिनापछि बाहिरिए किम जोङ उन, बाहिरिए लगत्तै यस्तो तयारीमा जुटेपछि चीनमा त रं ग

एजेन्सी –

उत्तर कोरियाका नेता किम जोङ उनले चीनसँगको सीमा नजिक रहेको सामिज्योन शहरको भ्रमण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले मंगलवार खबर दिएको छ ।


विगत एक महिनामा किम पहिलोपटक सार्वजनिक स्थानमा देखिएका हुन् । चीनको सिमा नजिकै किमको भ्रमणले चीनामा त रं ग पैदा गरेको छ ।

कोरियाली प्रा य द्वी पको सबभन्दा अग्लो पर्वत माउन्ट पाएक्दुको फेदमा रहेको सामिज्योन किमका पिता जोङ इलको जन्मस्थान मानिन्छ । किमले सन् २०११ मा शासन चलाउन थालेदेखि यस शहरलाई विकसित गर्ने परियोजना निर्माण गरेका छन् ।

उत्तर कोरियाले सन् २०२० सम्ममा शहर विकसित गर्ने योजना बनाएको भए पनि विदेशी प्रतिबन्ध तथा कोभिडका कारण सीमानाका ब न्द गर्नुपरेकाले तोकिएको मितिमा काम सक्न पाएन ।

किमले यो परियोजनालाई अघि बढाएकोमा अधिकारीहरूलाई बफादारी, दृढ इच्छाशक्ति र पसिनाका लागि प्रशंसा गरे । चार वर्षमा भएको निर्माणले आफ्नो राज्य आफ्नै तरिका तथा प्रयासले समृद्धि पाउन तत्पर रहेको प्रमाणित गरेको उनले बताए ।

किमले देशको पञ्चवर्षीय विकास योजनाको पहिलो वर्षको उपलब्धिलाई प्रवर्धन गर्न खोजेको हुनसक्छ । अनि आफ्नो शासनको एक दशकमा उत्तर कोरियालीहरूको जीवनमा सुधारका लागि प्रयास गरेको देखाउन पनि उनले कोशिश गरेको हुनुपर्छ ।

सामिज्यानलाई देशकै सबभन्दा धनी शहर बनाउने योजना सरकारले बनाएको छ । यता अमेरिकाबाट अर्को महत्वपूर्ण खबर प्राप्त भएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विद्येयकमा हस्ताक्षर गरेका छन् ।

ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ ।

यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौं व्यक्तिसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिनेछ । जसका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।

हस्ताक्षर कार्यक्रम ह्वाइट हाउसको दक्षिण क्षेत्रको चौरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा दुवै पार्टीका सांसदहरू उपस्थित थिए । बाइडेन अमेरिकी राष्ट्रपति भएसँगै यहाँ बेरोजगारीको दर बढीरहेको छ ।

यो हस्ताक्षरसँगै अब रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । उक्त अवसरमा राष्ट्रपति बाइडेनले भने, ‘अब दुवै पार्टी एकै ठाउँमा उभिएर परिणम दिनेतर्फ लाग्नुपर्छ ।’ उनले यो हस्ताक्षरलाई अमेरिका पुनःनिर्माणको ‘ब्लुप्रिट करार दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...