चितवन –
अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउनुभएको छ । पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा पनि छलफल जारी छ ।” देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठबन्धनबाटै हुने बताउनुभयो ।
अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र को भि डले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको छ भन्नुभयो ।
फरक प्रसङ्गमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उहाँले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।
यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंक ब्याजदर एकल अंकमा राख्न नियामक निकाय नेपाल राष्ट्र बैंकलाई भनेको र लागू नभए परिणाम ग म्भी र हुने चे ता व नी दिएका छन् ।
नेपाल फूटवेयर्स म्यानुफ्याक्चरर्स एशोसिएशनको २० औं साधारणसभालाई सम्बोधन क्रममा अर्थमन्त्रीले बैंक ब्याजदर सीमाबारे धारणा राखेका हुन् ।
‘को भि डको मा रमा परेको अर्थतन्त्रमा दोहोरो अंकको ब्याजदर सान्दर्भिक छैन, बैंक मात्रै नभइ सहकारीले पनि ब्याजदर घटाउनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘दोहोरो अंकको ब्याजदरका कारण उद्योगधन्दा र व्यवसायमै अ प्ठ्या रो स्थिति निम्तिएको छ ।’
सरकारले स्थापना गरेका उद्योग ध रा सा यी भइ ब न्द भइरहँदा निजी क्षेत्रबाट स्थापना गरिएका उद्योगले योगदान गरेको बताउँदै अर्थमन्त्री शर्माले राष्ट्रिय उत्पादन बढाउन सरकारले सहयोग गर्ने उल्लेख गरे ।
उत्पादनमूलक उद्योगधन्दाका लागि सरकारले सहयोग गर्दा केही पक्षबाट आलोचना र विरोध भएपनि आफूले त्यसको सामना गर्ने पनि अर्थमन्त्रीले बताए ।
‘सरकारले जनताकै नीति बनाउने र सहजीकरण गर्ने हो, राष्ट्रिय उत्पादन बढाउन सहयोग हुन्छ, अहिले केही प्रयास गरिएको छ,’ शर्माले थपे, ‘मैले स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न जोड दिएको छु, देशभित्रकै उद्योगले आवश्यकता परिपूर्ति गर्ने र आत्मनिर्भर हुन योगदान दिएको अवस्थामा विदेशबाट सामान आयात गर्दा करको दर बढाइन्छ ।’
सरकारी निकायहरूमा नेपालमै उत्पादित जुत्ता लगाउने नीति बनाउने आश्वासन पनि अर्थमन्त्रीले जुत्ता उत्पादकहरूलाई दिए । यसका निम्ति उत्पादकहरुले पनि नागरिकको आवश्यकता र मागअनुसारका उत्पादन उपलब्ध गराउनुपर्ने उनले बताए ।
सुरुवाती व्यवसाय (स्टार्टअप बिजनेस) लाई सहुलियत दिने कार्यविधि राज्यले बनाइसकेको र देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढेका उद्योगहरूलाई राज्यले थप सुविधा दिने पनि अर्थमन्त्रीले आश्वासन दिएका छन् ।
अहिले बैंकहरूले अधिकांश कर्जा गाडी र जग्गा किन्नेहरूलाई दिएकाले यो प्रवृत्ति फेरिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योगका लागि कर्जामा थ्रेसहोल्ड बढाउन खोजेको बताए ।
बन्द भएका सबै सरकारी उद्योग खोल्ने तयारीमा आफू लागिपरेको मन्त्री अर्थमन्त्री शर्माले जानकारी दिएका छन् । यसो गर्दा स्वदेशी उत्पादन बढ्ने र राज्यलाई पनि कर प्राप्त हुने उनको भनाइ छ । बन्द उद्योग खोल्न कार्यविधि बनाइरहेको उनले खुलासा गरे ।
विदेशमा रहेका नेपाली श्रमिकका लागि सञ्चयकोष व्यवस्था गर्ने योजनामा सरकार लागेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई
सामाजिक सुरक्षामा समेट्न सके विप्रेषण पनि वैधानिक बाटोबाटै आउनसक्छ, सरकारले केही रकम राखिदिने र श्रमिकले केही रकम योगदान गर्नेगरी सञ्चयकोष व्यवस्था मिलाउन लागिपरेको छु ।’
एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण फुयाँलले हाल नेपालीले प्रतिवर्ष ३.१२ जोर जुत्ता चप्पल खपत गर्ने गरेको र नेपाली जुत्ताचप्पल उद्योगीसँग वार्षिक १६ करोड जोर उत्पादन गर्ने क्षमता रहेको दाबी गरे ।
नौ करोड जोर जुत्ता भए नेपालीलाई पुग्ने हुनाले सरकारले सहयोग गरे जुत्ताचप्पल आयात प्रतिस्थापन गर्न सकिने उनले बताए ।





















