काठमाडौं –
कमला ह्यारिस अमेरिकाको राष्ट्रपतिको सबै शक्तिहरुसहित राष्ट्रपतिको रुपमा काम गर्ने पहिलो महिला बनेकी छिन् ।
बाइडेनले राष्ट्रपतिको रुपमा आफूसँग भएका सबै शक्तिहरु उपराष्ट्रपति कमला ह्यारिसलाई हस्तान्तरण गरेपछि उनी सर्वशक्तिमान भएकी हुन् । राष्ट्रपति बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतिको हैसियतका सबै शक्तिहरु उपराष्ट्रपति ह्यारिसलाई हस्तान्तरण गरेका थिए ।
राष्ट्रपति बाइडेनले कोलोनोस्कोपीको लागि एनेस्थेसिया (बे हो स पार्ने प्रक्रिया) लिनका लागि आफ्नो सबै शक्तिहरु उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन् ।
उनी हरेक वर्ष कोलोनोस्कोपी गराउँछन् । अमेरिकी राष्ट्रपछि आज शनिबार ७९ वर्षका भएका छन् । अमेरिकी संविधान अनुसार राष्ट्रपतिले केही समयको लागि कसैलाई पनि आफ्नो स्थानमा कार्यवाहक राष्ट्रपति नियुक्त गर्न पाउँछन् ।
सीएनएनका अनुसार कमला ह्यारिस ८५ मिनेटको लागि अमेरिकाकै सबैभन्दा शक्तिशाली व्यक्ति बनिन् । अहिलेको लागि यो जिम्मेवारी उपराष्ट्रपति कमला ह्यारिसलाई दिइएको हो ।
यो जिम्मेवारी यसकारण पनि महत्वपूर्ण छ किनकि हालै बाइडेन र ह्यारिसबीच त ना वको खबर बाहिरिएको थियो । यसअघि बाइडेनले २०१९ मा फुल बडी टेस्ट गराएका थिए ।
परीक्षणमा उनलाई पूर्ण रुपमा स्वस्थ र राष्ट्रपतिको कर्तव्य सफलतापूर्वक निर्वाह गर्नको लागि मेडिकल रुपमा उपयुक्त पाइएको थियो । अहिले संविधान अनुसार उपराष्ट्रपतिलाई राष्ट्रपतिको शक्ति हस्तान्तरण गरिएपछि अमेरिकाका सबै सैन्य शक्ति कमला ह्यारिसले प्रयोग गरेकी छिन् ।
यस क्रममा उनले वेस्ट विंगमा रहेको आफ्नो कार्यालयबाटै काम गरिन् ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग कुराकानीपछि पनि ता इ वा नका बारेमा अमेरिकी नीति नबलिने बताएका छन् ।
उनीहरूबीच यही साता भएको भर्चुअल कुराकानीमा बाइडेनले ता इ वा न नीति परिवर्तन नहुने स्पष्ट पारेको स्पुतनिक न्युजले जनाएको छ ।
‘हामी कुनै पनि हालतमा ता इ वा न नीति परिवर्तन गर्नेवाला छैनौँ । ता इ वान ले के जान्छ भन्ने बारेमा हामी केही पनि भन्दैनौँ, उनीहरूले नै निर्णय गरून्’ बाइडेनले भनेको उद्धृत गर्दै स्पुतनिकले जनाएको छ ।
गत सोमबार बाइडेन र सीबीच तीन घण्टा लामो भर्चुअल कुराकानी भएको थियो। कुराकानीका विभिन्न पाटोबारे निरन्तर अन्तराष्ट्रिय सञ्चारमाध्यममा सम्प्रेषण हुने क्रम जारी छ ।
चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई ‘पृथकतावादीहरूले चीनलाई उत्तेजित बनाउन खोजे कडा जवाफ दिने’ चे ता व नी दिएका थिए ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उनले चीन वि रो धी शक्तिहरूलाई रातो घेराभित्र प्रवेश नगर्न भनेका छन् । सीको थप भनाइ थियो, ‘ता इ वा नमा चीनलाई उत्तेजित गराउन खोज्नु आगोसँग खेल्नुजस्तै ख त र ना क हुनेछ ।’
चीनले ता इ वा नलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ । राष्ट्रपति सीले भनेका छन्, ‘ता इ वा न स्वतन्त्र हुन खोज्नु भनेको यु द्धको घोषणा गर्नु हो ।’