काठमाडौं –
दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले एमसीसी पास नगरे पनि आफूहरुलाई कुनै आ प त्ति नहुने स्पष्ट पारेका छन् ।
नेपाल भ्रमणबारे काठमाडौंमा आयोजित केही सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् । उनले एमसीसी पास गर्ने नगर्ने नेपालले सार्वभौम रुपमा गर्ने निर्णय भएको बताउँदै त्यसमा आफूहरुको कुनै द बा ब नरहेको बताए ।
‘एमसीसी पास गर्ने नगर्ने कुरा नेपाल सरकार र नेपालको संसदले सार्वभौम रुपमा गर्ने निर्णय हो । हामी एमसीसी नेपाल सरकारले अनुमोदन गरोस् र अगाडि बढोस् भन्ने चाहन्छौं,’ उनले भने, ‘तर पास गरेन भने पनि हामीलाई केही आ प त्ति छैन ।’
एमसीसी पास नभए उक्त रकम अन्यत्र लैजाने उनले बताए । ‘एमसीसी पास नभएको खण्डमा उक्त रकम अन्य आवश्यक परेका देशलाई दिन्छौं,’ उनले भने ।
उनले एमसीसीका बारेमा यहाँ मि थ्या सूचना फैलाएको भन्दै दुः ख व्यक्त गरे । ‘मलाई के कुराले चि न्ति त बनाएको छ भने एमसीसीको बारेमा यहाँ मि थ्या सूचना फैलाइएको छ,’ उनले भने ।
उनले एमसीसी विश्वका केही मुलुकले मात्र प्राप्त गरेको भन्दै प्रजातन्त्र र खुला अर्थनीतिमा प्रगति गर्ने मुलुकले मात्र यो अनुदान पाउने गरेको बताए ।
नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा सहित मुख्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए । उनले भेटघाटमा नेपाली नेताहरुले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएको बताए ।
‘एमसीसी नेपालको उच्च प्राथमिकतमा रहेकाले नेताहरुले कुनै न कुनै निकास निकाल्छौं भनेका छन्,’ उनले भने । उनले नेपाल आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक रहेको बताउँदै अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताएका थिए । अमेरिकाले नेपाललाई विगत ७५ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ।
यस्तै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । आज शुक्रवार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि अध्यक्ष दाहालसँग भेट गर्नुभएका लुले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ ऊर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताउनुभएको थियो ।
भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लुलाई जानकारी गराएको बताउनुभयो ।
उहाँले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दाअघिको समयसीमाभित्र निर्णयमा पुग्ने पनि बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘राम्रो वातावरणमा सौहार्दपूर्ण र खुला छलफल भयो, म छलफलबाट पूरै सन्तुष्ट भएको छु । नेपालको समग्र विकास प्रक्रिया, नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्नेबारेमा कुराकानी भयो ।
उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेन्टकाे बारेमा केही कुरा गर्नुभयो । मैले नेपालमा एग्रिकल्चर इन्डस्ट्रिकाे आवश्यक्ता छ, युवाहरूलाई रोजगारी हुन्छ, एग्रोबेस्ट इन्डस्ट्री नै राम्रो हुन्छ भने ।
एमसीसीको बारेमा मैले प्रष्टसँग भने– हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा बिलकुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा पूर्वाधारका लागि आवश्यक छ, तपाईँहरू पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ ।
यहाँ केही अलमल छ, पहिला ओर्जिनल डकुमेन्ट जस्तो थियो, अहिले छैन, त्यसले अलमल छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छाैँ, हामी डिसेम्बर १४ अघि एउटा टुङ्गोमा पुग्छौँ ।’
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालपछि सहायक विदेश मन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नुभएको छ ।





















