पा कि स्ता नको नयाँ कानून : ब ला त्का र गरे आजीवन शा री रि क स म्प र्क गर्न नसक्ने बनाइने

काठमाडौं – पा कि स्ता न सरकारले ब ला त्का र गरेको पुष्टि भएको अवस्थामा न पु ङ्स क बनाउन सकिने कनून पारित गरेको छ ।

पा कि स्ता नको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो । विद्येयकमा लामो समयसमम्म ब ला त्का र गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौ न स म्प र्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ ।

त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ । जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (न पुं स की क र ण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियम बमोजिम स्वीकृत गरिएको छ ।

यसबाट एक व्यक्तिलाई आजीवन यौ न स म्प र्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ ।’

पा कि स्ता नमा ब ला त्का रको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा का नू न बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो क ट्ट र प न्थी इ स्ला मि क समूहले भने ब ला त्का रीलाई दिइने यो स जा यको प्रवाधानको बि रो ध जनाएको छ ।

इस्लामिक कानूनमा कसैलाई न पु ङ्स क पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको वि रो ध गरेको जनाएको छ ।

पा कि स्ता नको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक ब ला त्का र भएको घटनापछि दोसीमाथि कडा का र वा ही गनरिनुपने आवाज उठेको थियो ।

यो सँगै पा कि स्ता न सरकारले पनि सहमति जनाउँदै ब ला त्का रीलाई न पु ङ्स क बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ ।

यो पनि : बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ ।

बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । 

वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा  नर्स पठाउने प्रकृया थालिएको बताए ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पनि नर्स पठाउन बेलायतसँग सम्झौता गर्न लागिएको जानकारी दिए । 

नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले बताएका छन् ।

उनका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता भए सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ ।

सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरेपनि नेपालले प्रकृया अघि नबढाउँदा पठाउन सकिएको थिएन ।

पछिल्लोपटक नेपालमा ६० हजार नर्स अध्ययन सकेर सेवाका लागि तयारी अवस्थामा बसेका छन् । बेलायतले अनुभव भएका नर्स नेपालबाट त्यहाँ लैजान चाहेको छ । 

मन्त्रालयका अनुसार बेलायत पठाइने नर्सको तलब मासिक दुई लाख ५० हजार रुपैयाँभन्दा बढी हुनेछ ।

मन्त्रालयले रोजगारी सुनिश्चितता, स्वास्थ्य/रोजगार र अन्य बीमा, पारिवारिक सुविधा, नेपाल आउने/जाने खर्च र तलब एकीन गरी बेलायत जान लाग्ने खर्च पनि बेलायतस्थित रोजगारदाता कम्पनीले नै ब्यहोर्नेगरी सम्झौता हुने मन्त्रालयले जनाएको छ ।

बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने बताइएको छ। यसका साथै बेलायत नर्स पठाउँदा बिमा, आउँदा जाँदाको खर्च लगायतका सुविधा पनि हुनेछ।

दुई देशबीच सम्झौता भएमा सन् २०२२ को मध्यतिर बेलायतमा नर्सलाई पठाउन सकिने मन्त्रालयको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...