काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दि वं ग त छोरा प्रकाश दाहालप्रति श्र दा ञ्ज ली अर्पण गरेका छन् ।
प्रचण्ड निवास खुमलटारमा आयोजित श्रदाञ्जली सभामा उनले दि वं ग त छोराको तस्बिरमा माल्यार्पण गर्दै श्र दा ञ्ज ली अर्पण गरेका हुन् । माल्यार्पण गर्ने क्रममा उनी भा वु क बनेका थिए ।
प्रचण्डसँगै छोरी गंगा दाहाल र अन्य नेता कार्यकर्ताहरुले पनि श्र दा ञ्ज ली अर्पण गरेका थिए । युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते नि ध न भएको थियो ।


यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रा’न्ति’का’री भएको भन्दै प्रशंसा गरेका छन् ।
सुरुमा रामदेव परम्परावादी र रु’ढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रा’न्ति’का’री लागेको प्रचण्डको भनाइ छ ।
पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रु’ढी’वा’दी हुनुहुन्छ होला,
अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रा’न्ति’का’री हुनुहुँदोरहेछ ।’
पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै प्रचण्डले रामदेवको प्रशंसा गरे ।
बिहीबार बेलुका खुमलटारस्थित निवासमा रामदेवसँगको भेटमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रा’न्ति ल्याउन सकिन्छ भनेर छलफल गरेको जानकारी पनि प्रचण्डले दिए ।
बिहीबार बेलुकी योग गुरु रामदेव र आचार्य बालकृष्ण खुमलटारस्थित निवासमा पुगेर प्रचण्डलाई भेटेका थिए । आस्था र पतन्जली टेलिभिजन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन भन्दै रामदेव र आचार्य बालकृष्ण नेपाल आएका छन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।
काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् ।
‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने ।
योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।
यस्तै योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् ।
पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएको हो ।
शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो । बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ ।
सोही बखत उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ । योगगुरु बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश हो भनेका थिए ।
उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताए । नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरु रहेका पनि बताए ।
शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।





















