एजेन्सि –
रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् ।
दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने, ‘हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौँ ।’
उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तर जातीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए । राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको समेत टिप्पणी गरेका छन् ।
‘हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौँ’ उनले भने ।
यो पनि : अष्ट्रेलियाले करिब २० महिनापछि विदेशी विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने भएको छ ।
न्यु साउथ वेल्स सरकारले नमुना कार्यक्रमका रुपमा हरेक महिना ५ सय विद्यार्थीलाई यही डिसेम्बरको पहिलो सातादेखि ल्याउने भएको छ ।
यस योजनामा को’रो’ना भा’इ’र’स विरु’द्धको दुवै खोप लगाइसकेका विद्यार्थीले क्वारेन्टाइन समेत बस्न नपर्ने भएको छ । अष्ट्रेलियाले महत्वका साथ सुरु गर्न लागेको यो कार्यक्रम अन्य राज्यमा समेत विस्तारै सुरु हुनेछ ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत यही डिसेम्बरको पहिलो सातादेखि हरेक महिना ५ सय विदेशी विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउने योजना सरकारको छ ।
यस चरणमा को’रो’ना भा’इर’स विरु’द्धको दुवै खोप लगाइसकेका विद्यार्थीलाई मात्र यस कार्यक्रममा सहभागी गराइने सरकारी सूचनामा जनाइएको छ ।
विगत लामो समयदेखिको तयारी र न्यु साउथ वेल्स राज्यको दोस्रो खोपको मात्र ८० प्रतिशतभन्दा माथि पुगिसकेका कारण यस कार्यक्रमलाई तीव्रता साथ अघि बढाइएको हो ।
डिसेम्बर ६ तारिखमा चार्टर गरिएको पहिलो विमान मार्फत् सिंगापुर, क्यानाडा, चीन लगायत १५ देशबाट विद्यार्थीले अष्ट्रेलिया प्रवेश पाउनेछन् ।
यस्तै भारत लगायत अन्य दक्षिण एसियाली देशका विद्यार्थीलाई समेत केही समयपछि दोस्रो उडान मार्फत् अष्ट्रेलिया ल्याइने योजना सार्वजनिक गरिएको छ ।
तर पनि नेपाली विद्यार्थीका बारेमा भने अहिलेसम्म सार्वजनिक रुपमा कुनै जानकारी दिइएको छैन । न्यु साउथ वेल्सको सरकारी निकायले दक्षिण एसियाली राज्य उल्लेख गरेको भए पनि नेपाली विद्यार्थी आउन पाउने/नपाउने बारेमा केही बताइएको छैन ।
न्यु साउथ वेल्सको शैक्षिक निकायमा उपलब्द्ध जानकारी अनुसार अष्ट्रेलियाको नियमन निकायले स्वीकृती दिएका खोपको दुवै मात्रा लगाएका विद्यार्थीले क्वारेन्टाइन बस्नुपर्ने छैन ।
अष्ट्रेलियाले चीनमा उत्पादित सिनोभ्याक र भारतमा उत्पादित कोभिसील्डलाई समेत अनुमति दिइसकेका कारण ती देशहरूबाट विद्यार्थीको आगमनमा सहज भएको हो । यद्यपि विद्यार्थीले यहाँ आउनुअघि को’रो’ना भा’इर’सको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनुपर्नेछ ।
अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा तेस्रो नम्बरमा रहे पनि नेपालबाट विद्यार्थी आउने वा नआउने बारेमा कुनै जानकारी नदिइएकोमा व्यवसायीले चि’न्ता व्यक्त गरेका छन् ।
यहाँका सञ्चारमाध्यमका अनुसार विदेशी विद्यार्थीले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब ४० अर्ब डलर बराबरको योगदान दिने गरेका छन् ।
न्यु साउथ वेल्स राज्यले सन् २०२१ मा को’रो’ना भा’इ’र’सका कारण विद्यार्थी आउन नपाएपछि ५ अर्ब डलर गुमाएको छ जुन सन् २०२२ को अन्त्यसम्ममा ११ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ ।
यस्तै यसै राज्यमा मात्र ९५ हजार पूर्णकालीन रोजगारी बराबरको जनशक्ति अन्तर्राष्ट्रिय विद्यार्थीले सिर्जना गरिरहेका छन् ।
राज्यका प्रिमियर डोमिनिक पेरोटेटले विदेशी विद्यार्थीले अर्थतन्त्रमा मात्र योगदान गर्ने नभई समुदायको अभिन्न अंगसमेत भएको बताएका छन् । उनले विदेशी विद्यार्थीलाई पुनः स्वागत गर्न आफहरू तयार रहेको जनाएका छन् ।