चीनले लामो दुरी उड्न सक्ने रणनीतिक ब म व र्ष क विमान भारतीय सीमामा पठाएपछि भारतमा भु क म्प

काठमाडौं –

चिनियाँ सेनाले लामो दुरी उड्न सक्ने रणनीतिक ब म व र्ष क विमान भारतको सीमामा पठाएको छ ।

आगामी हिँउदमा सीमामा तनाव नबढाउन भारतलाई चे ता व नी दिने उदेश्यले चिनियाँ सेनाले एच–६ के ब म व र्ष क विमान पठाएको विश्लेषकहरुले बताएका छन् ।

नोभेम्बर ११ मा पीएलएको ७२ औँ वर्षगाँठ थियो । सोही अवसरमा सरकारी सञ्चारमाध्यम सीसीटीभीले हिमाली भेगमा एच–६के विमान उड्दै गरेको फुटेज प्रसारण गरेको थियो ।

सो विमानमा छोटो दुरीमा प्र हा र गर्न मिल्ने केडी–६३ क्षे प्या स्त्र जडिएका थिए । बेइजिङस्थित एक सैन्य स्रोतले जनाएअनुसार सो विमान प्रायः सान्सी प्रान्तमा राखिने गरिन्छ ।

तर, गत वर्षदेखि अस्थायी रुपमा सिन्जियाङ प्रान्त कासगरमा राख्ने गरिएको छ । जुन पीएलएको वेस्टर्न थिएटर कमान्ड अन्तर्गत पर्छ । सो कमान्डले भारतसँगको सीमा हेर्ने गर्छ ।

‘भारतको सीमामा सो वि मा न लैजान पीएलएलाई निकै सजिलो छ। किनभने त्यो वेस्टर्न थिएटर कमान्ड अन्तर्गत छ,’ स्रोतले भन्यो ।

३५ सय किलोमिटरभन्दा टाढा पुगेर यु द्धमा सहभागी हुन सक्ने सो विमानले लामो दुरीको सीजे–२० क्रुज क्षे प्या स्त्र र अन्य छोटो दुरीका क्षे प्या स्त्र पनि जमिन र समुद्र दुवै निसानामा प्र हा र गर्न सक्छ ।

मकाओस्थित सैन्य विश्लेषक एन्टोनी वङ तङले पीएलएको कदम भारतका लागि चे ता व नी भएको बताए।

‘नयाँ दिल्ली एच–६ केको पहुँचभित्र पर्छ,’ वङले भने । तर, सैन्य टिप्पणीकर्ता सङ चोङपिङले पीएलएले भारतीय राजधानीमा होइन, सीमा नजिकका भारतीय हवाई अखडा, क्षे प्या स्त्र प्रक्षेपणस्थल र अन्य सैन्य चौकीहरुमा ध्यान केन्द्रित गरेको बताए । एससीएमपी

यो पनि : अष्ट्रेलियाले करिब २० महिनापछि विदेशी विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने भएको छ । न्यु साउथ वेल्स सरकारले नमुना कार्यक्रमका रुपमा हरेक महिना ५ सय विद्यार्थीलाई यही डिसेम्बरको पहिलो सातादेखि ल्याउने भएको छ ।

यस योजनामा को’रो’ना भा’इ’र’स विरु’द्धको दुवै खोप लगाइसकेका विद्यार्थीले क्वारेन्टाइन समेत बस्न नपर्ने भएको छ । अष्ट्रेलियाले महत्वका साथ सुरु गर्न लागेको यो कार्यक्रम अन्य राज्यमा समेत विस्तारै सुरु हुनेछ ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत यही डिसेम्बरको पहिलो सातादेखि हरेक महिना ५ सय विदेशी विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउने योजना सरकारको छ ।

यस चरणमा को’रो’ना भा’इर’स विरु’द्धको दुवै खोप लगाइसकेका विद्यार्थीलाई मात्र यस कार्यक्रममा सहभागी गराइने सरकारी सूचनामा जनाइएको छ ।

विगत लामो समयदेखिको तयारी र न्यु साउथ वेल्स राज्यको दोस्रो खोपको मात्र ८० प्रतिशतभन्दा माथि पुगिसकेका कारण यस कार्यक्रमलाई तीव्रता साथ अघि बढाइएको हो ।

डिसेम्बर ६ तारिखमा चार्टर गरिएको पहिलो विमान मार्फत् सिंगापुर, क्यानाडा, चीन लगायत १५ देशबाट विद्यार्थीले अष्ट्रेलिया प्रवेश पाउनेछन् ।

यस्तै भारत लगायत अन्य दक्षिण एसियाली देशका विद्यार्थीलाई समेत केही समयपछि दोस्रो उडान मार्फत् अष्ट्रेलिया ल्याइने योजना सार्वजनिक गरिएको छ ।

तर पनि नेपाली विद्यार्थीका बारेमा भने अहिलेसम्म सार्वजनिक रुपमा कुनै जानकारी दिइएको छैन । न्यु साउथ वेल्सको सरकारी निकायले दक्षिण एसियाली राज्य उल्लेख गरेको भए पनि नेपाली विद्यार्थी आउन पाउने/नपाउने बारेमा केही बताइएको छैन ।

न्यु साउथ वेल्सको शैक्षिक निकायमा उपलब्द्ध जानकारी अनुसार अष्ट्रेलियाको नियमन निकायले स्वीकृती दिएका खोपको दुवै मात्रा लगाएका विद्यार्थीले क्वारेन्टाइन बस्नुपर्ने छैन ।

अष्ट्रेलियाले चीनमा उत्पादित सिनोभ्याक र भारतमा उत्पादित कोभिसील्डलाई समेत अनुमति दिइसकेका कारण ती देशहरूबाट विद्यार्थीको आगमनमा सहज भएको हो । यद्यपि विद्यार्थीले यहाँ आउनुअघि को’रो’ना भा’इर’सको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनुपर्नेछ ।

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा तेस्रो नम्बरमा रहे पनि नेपालबाट विद्यार्थी आउने वा नआउने बारेमा कुनै जानकारी नदिइएकोमा व्यवसायीले चि’न्ता व्यक्त गरेका छन् ।

यहाँका सञ्चारमाध्यमका अनुसार विदेशी विद्यार्थीले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब ४० अर्ब डलर बराबरको योगदान दिने गरेका छन् ।

न्यु साउथ वेल्स राज्यले सन् २०२१ मा को’रो’ना भा’इ’र’सका कारण विद्यार्थी आउन नपाएपछि ५ अर्ब डलर गुमाएको छ जुन सन् २०२२ को अन्त्यसम्ममा ११ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ ।

यस्तै यसै राज्यमा मात्र ९५ हजार पूर्णकालीन रोजगारी बराबरको जनशक्ति अन्तर्राष्ट्रिय विद्यार्थीले सिर्जना गरिरहेका छन् ।

राज्यका प्रिमियर डोमिनिक पेरोटेटले विदेशी विद्यार्थीले अर्थतन्त्रमा मात्र योगदान गर्ने नभई समुदायको अभिन्न अंगसमेत भएको बताएका छन् । उनले विदेशी विद्यार्थीलाई पुनः स्वागत गर्न आफहरू तयार रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...