काठमाडौं –
सर्वोच्चमा झण्डै एक महिनाअघि देखि प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र कानुन व्यावसायीहरुबीच सं घ र्ष चलिरहेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यावसायीहरु चरणबद्ध आ न्दो लनमा रहेका छन् । दोस्रो चरणका आ न्दो लनसम्म केही नलागेपछि अहिले कानुन व्यावसायीहरु तेस्रो चरणका आ न्दो ल नमा छन् ।
प्रधानन्यायाधीश जबरालाई पटक पटक अ ल्टि मे ट म दिँदै आएका कानुन व्यावसायीहरु पछिल्लो समय सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिँदै आएका छन् ।
तर कानुन व्यावसायीहरुको आ न्दो ल नको प्रवाह प्रधानन्यायाधीशले गर्नु भएकाे छैन । यद्यपि बिहीबारसम्म पनि उनीहरुको आ न्दो ल न जारी छ ।
यही क्रममा बिहीबार दिउँसो अलिक फरक दृष्य सर्वोच्च प्राङ्गणमा देखियो । वकिलहरुको शान्तिपूर्ण आ न्दो ल नक क्रममा प्रहरी ह स्त क्षे प पनि भएको थियो । त्यस लगत्तै केही युवाहरु आए । र, आ न्दो ल न र त वारका वकिलहरुलाई गा ली ग लौ ज गरे ।
ती युवाहरु आएर सर्वोच्चको प्राङ्गणमै प्रवेश गरेर वकिलहरुलाई कालो कोट च्याति दिनेसम्मको धम्की दिए। त्यसपछि ती युवाहरु र वकिलहरुबीच घ म्सा घ म्सी नै चल्यो ।
करिब १ दर्जन युवाहरु रोतो कारमा चढेर आएका थिए । उक्त युवकहरुको टोली र वकिलहरुबीच हा ना हा नको स्थिति नै बनेको थियो । ती युवाहरु को हुन् भन्ने खुलेको छैन ।
केही वकिलहरुले ती युवाहरु मदिरा पीएर आएको आ रो प समेत लागएका छन् । उनीहरुले आफ्नो रातो कारलालाई स्वास्थ्य मन्त्रालय अगिाडीको भागमा राखेर सर्वोच्च परिसरमा प्रवेश गरेका थिए ।
वकिलहरु पनि प्रतिकारमा उत्रिएपछि उनीहर हतार हतार त्यहाँबट निस्कीएका थिए । आ न्दो ल न र त वकिलहरु र युवाहरुबीच मु क्का हा ना हा न्, ढुङ्गा हा ना हा न् र ठेला-ठेल भएको थियो ।
यो पनि : ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देबेन्द्र कार्की सहितको टोली भारत भ्रमण गरेर फर्किएको दुई दिनपछि मन्त्रालयले यसबारे विज्ञप्ति जारी गरेको छ ।
नेपाली टोलीले भारतका ऊर्जा सचिव आलोक कुमारलाई भेटेको जनाइए पनि एजेन्डा भने मन्त्रालयले अझै सार्वजनिक गरेको छैन ।
सचिव कार्कीसहित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणको विद्युत् व्यापार शाखा प्रमुख प्रबल अधिकारी सोमबार भारत गएर बुधबार नेपाल फर्किएका थिए ।
ऊर्जासचिव कार्कीसहितको उच्चस्तरीय टोली गुपचुप भारत गएर फकिएको विषयमा इकान्तिपुरले समाचार प्रकाशित गरेको थियो ।
मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सचिव कार्कीसहितको ३ सदस्यीय टोलीले भारतीय ऊर्जा सचिव आलोक कुमारसँग भेटघाट गरेको जनाएको छ ।
‘कात्तिक ३० गते भारतको नयाँ दिल्लीमा द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको छ,’ ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
यसअघि ऊर्जा सचिव कार्कीलाई भारत भ्रमणबारे सोध्दा उनले आफ्नो व्यक्तिगत कामले गएको बताएका थिए । त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पनि सचिव र आफ्नो भ्रमण फरक–फरक विषयमा भएको बताएका थिए ।
तर कार्की र घिसिङको भनाई ऊर्जामन्त्री पम्फा भुसालसँग बाझिएको थियो । मन्त्री भुसालले कार्की पूर्व निर्धारित कार्यक्रमअनुसार नै भारत गएको बताएकी थिइन् ।





















