काठमाडौं –
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खा’रे’ज नभएसम्म संघर्ष निरन्तर रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ।
मंगलबार गरिएको नेपाल बन्दमा सहयोग पुर्याउने सबैलाई विज्ञप्तिमार्फ् धन्यवाद दिँदै मूल्य वृद्धि र महँगी खा’रे’ज नभएसम्म संघर्ष निरन्तर रहने उनले बताए ।
उनले प’क्रा’उ गरिएका कार्यकर्तालाई रिहाइको माग गरेका छन् । बन्दका क्रममा तीन सय बढी कार्यकर्ता प’क्रा’उ परेका छन् ।

यो पनि : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि प्रतिनिधि चयनप्रति तीव्र अस’न्तुष्टि प्रकट गरेका छन् । पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णयविप’रीतका क्रियाकलाप भएको उनको आरो’प छ ।
‘दशौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो’, रावलले भनेका छन्, ‘तर यस्तो चाहना र आवश्यकताविप’रीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णयविप’रीतका क्रियाकलाप भएका छन् ।’
कैलालीमा गरिएको प्रतिनिधि चयनमा भएको गडब’डीबारे पार्टी बैठकमा कुरा राख्दा पनि सुनुवाइ नभएको रावलले गुनासो गरेका छन्।
‘मैले पार्टीका बैठकमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रो’की विधि र पद्धतिसम्म किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन, अरूबाट पनि माग गरिएको थियो।
तर त्यस्ता गतिविधि रोकिएको देखिएन’, विज्ञप्तिमा भनिएको छ, ‘यसको ज्वलन्त उदाहरण कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिन सकिन्छ। बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रियाबिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ।’
यसविरू’द्ध १२ सय भन्दाबढी पार्टी सदस्यले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेको जानकारी पनि रावलले दिएका छन्।
‘यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाइ होस् र पार्टीको निर्णय–निर्देशनविप’रीत कथित प्रतिनिधि चयन र’द्द गरी विधिसम्मत् किसिमले प्रतिनिधिको चयन गरियोस्’, पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुः’खद रहेको उल्लेख गर्दै विज्ञप्तिमा रावलले भनेका छन्, ‘यसले पार्टीलाई गम्भीर क्षति पुर्याउँछ ।’
यो पनि : कांग्रेसको जिल्ला अधिवेशनका लागि भन्दै बैतडीको दशरथचन्द नगरपालिकाले चार विद्यालयलाई तीन दिन पठनपाठन बन्द गर्न भनेको छ ।
नगरपालिकाले सदरमुकाम आसपासका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई पठनपाठन बन्द गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरेको हो ।
दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा बैतडीमा कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि मंसिर ५ देखि तीन दिनसम्म विद्यालय बन्द गर्न भनिएको छ ।
वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजियाले विद्यालयलाई पत्र आइसकेपछि यस विषयमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाइएको जानकारी दिए ।
‘बुधबार ३ बजेतिर पालिकाको स्थानीय बिदामा कटाउने गरी तीन दिन विद्यालय बन्द गर्ने भनेर पत्र आएको थियो । विद्यालयले यसरी बन्द गराउन नमिल्ने होला भनेर हामीले माथिल्लो निकायलाई पत्र पठाएका छौं ।
भोलिसम्म जवाफ आउला,’ उनले भने । कांग्रेसको बैतडी जिल्ला कार्य समितिले पनि वीरेन्द्र माविलाई चार दिनका लागि विद्यालय भवन र फर्निचर उपलब्ध गराइदिन छुट्टै पत्र लेखेको छ ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुधबार सार्वजनिक बिदा घोषणा गरेको थियो ।
नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नं. २, ३, ४, ६, ७, ८ र ९ मा उद्घाटन कार्यक्रमका लागि बिदा दिएको जनाएका थिए ।
तर नेता आउँदा बिदा दिएको भन्दै वि’रोध हुन थालेपछि नगरपालिकाले बुधबार ‘सच्याएर’ विज्ञप्ति जारी गर्दै ‘समाचकेवा पर्वका लागि’ बुधबार र बिहीबार शैक्षिक संस्था मात्र बिदा हुने निर्णय गरेको जनाएको छ ।





















