अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै यस्तो देश, अमेरिका त ना बमा चीनमा चल्यो खु सि या ली

काठमाडौं –

विश्वको महा’श’क्ति मानिने अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा धनी देश बनेको छ ।

विश्वका सबै देशहरुको आर्थिक सन्तुलन परीक्षणको निरन्तर निगरानी गर्ने व्यवस्थापन कन्सल्टेन्ट म्याकेन्जी एण्ड कम्पनीको रिसर्च शाखाको रिपोर्टलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएअनुसार पछिल्लो २ दशकमा विश्वभरीको सम्पत्ति ३ गुणा बढेको छ ।

यी सम्पत्तिको चीनको हिस्सेदारी एक तिहाइ अर्थात ३३ प्रतिशत छ । रिपोर्टका अनुसार सन् २००० मा विश्वको कूल सम्पत्ति १५६ खर्ब डलर थियो जुन २ दशकपछि अर्थात सन् २०२० पछि बढेर ५१४ खर्ब डलर भएको छ ।

रिपोर्टका अनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ खर्ब डलर थियो । यो २०२० सम्म तीब्र रुपमा बढेर १२० खर्ब डलर पुगेको छ ।अमेरिकाको सम्पत्ति विगत २ दशकमा बढेर २ गुणा भएको छ ।

सन् २०२० मा अमेरिकाको सम्पत्ति बढेर ९० खर्ब डलर भएको छ । रिपोर्टका अनुसार अमेरिकाको सम्पत्तिको मूल्यमा धेरै वृद्धि नभएका कारण अमेरिकाको सम्पत्ति चीनको तुलनामा कम रह्यो र अमेरिकाले आफ्नो पहिलो स्थान गुमायो ।

रिपोर्टका अनुसार चीन र अमेरिकाको धनको ठूलो हिस्सा केही धनी व्यक्तिहरुमा मात्रै सीमित छ । रिपोर्टका अनुसार यी दुवै देशमा १० प्रतिशत जनतासँग सबैभन्दा धेरै धन छ ।

रिपोर्टका अनुसार यी देशहरुमा धनीहरुको संख्या तीब्र रुपमा बढिरहेको छ जसका कारण धनी र गरिब देशहरुबीच ठूलो अन्तर देखिन थालेको छ । विश्वभरीको कूल सम्पत्तिको ६८ प्रतिशत अचल सम्पत्तिको रुपमा छ । बाँकी सम्पत्तिमा आधारभूत संरचना, मेसिन र उपकरणहरु पनि छन् ।

यो पनि : चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले राष्ट्रपति सी जिङपिङलाई थप शक्तिशाली बनाउने एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

सीसीपीको केन्द्रीय बैठकको छैटौं सत्रमा ‘ऐतिहासिक प्रस्ताव’ पारित भएको हो । पार्टीका ‘महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभव’ सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित भएको सीएनएनले जनाएको छ ।

पार्टीको १० वर्षे इतिहासमा तेस्रो पटक पारित भएको ‘ऐतिहासिक प्रस्ताव’ मार्फत् राष्ट्रपति सीले आफ्नो अधिकारलाई दस्तावेजीकरण गर्दै पछिसम्म शक्तिशाली बन्ने र भविष्यसम्म आफ्नो विरासत राख्न चाहेको देखिन्छ ।

सीसीपीले ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको यो तेस्रो पटक हो । यसअघि सन् १९५४ र १९८१ मा पारित ऐतिहासिक प्रस्तावले माओत्से तुङ र देङ सियाओपिङको शक्ति एवं अधिकार थप मजबुत बनाएका थिए ।

सरकारी समाचार माध्यम सिन्हुआद्वारा बिहीबार प्रकाशित एक वक्तव्यमा सीको नेतृत्वमा पार्टीले ‘यसअघि समाधान हुन नसकेका तर एजेन्डामा रहेका कैयौं अप्ठ्यारा समस्या समाधान गरेको र अपेक्षा गरिएका तर हुन नसकेका कैयौं कार्य सम्पन्न भएको’ उल्लेख छ ।

त्यस्तै, प्रस्तावमा ‘पार्टीका सबै सदस्यले एकताबद्ध भई काम गर्ने कुरालाई सुनिश्चित गर्नका लागि केन्द्रीय समिति र पार्टीभित्र कमरेड सीको आधारभूत पोजिसनलाई दृढतापूर्वक समर्थन गर्ने र केन्द्रीय समितिको अधिकार, समितिको केन्द्रीकृत एवं एकीकृत नेतृत्वलाई ढाडस दिने’ उल्लेख छ ।

सन् २०१८ मा चिनियाँ संसदले संविधानबाट राष्ट्रपतिको कार्यकालसम्बन्धी समय सीमा हटाएपछि सीलाई जीनवभर शासन गर्ने बाटो खुलेको थियो । साथै, सीले आफ्नै राजनीतिक विचारधारा स्थापित गर्दै पार्टीको विधानमा उल्लेख गर्न सफल भइसकेका छन् । यस्ता कदमबाट राष्ट्रपति भएयता उनको महत्वाकांक्षा बढ्न थालेको प्रस्ट हुन्छ ।

यसअघि माओ र देङले मात्रै यस्तो कदम चालेका थिए । शुद्धीकरण अभियानसँगै सन् १९४५ मा पारित प्रस्तावले माओको एकल अधिकार स्थापित गरेको थियो भने १९८१ मा माओकालीन साँस्कृतिक क्रा’न्तिका त्रु’टि औल्याउँदै पारित गरिएको प्रस्तावपछि देङको सुधारवादी विचारले पार्टीलाई मार्गदर्शन गराएको थियो ।

हाल आएर सीको नेतृत्वमा चीनले थप निरंकुश नीति अ’ख्ति’या’र गर्न थालेको छ । उनले पार्टीभित्र आफ्नो पकड थप बलियो बनाउँदै गएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा समेत कडा तथा आ’क्रा’म’क अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...