हिजोको तुलनामा फेरी घट्यो कोरोना संक्रमित, आज देशभर संक्रमित र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ४ सय १६ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ६ हजार ५०५ जनाको पिसिआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ७७ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर १ सय ७० जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी १ सय ७० जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १४९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख २२ हजार ९४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । 

हाल संक्र’मितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्र’मित ७ हजार ४७६ जना रहेका छन् । 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै सर्वसाधारणहरुका लागि सूचना जारी गरेको छ । जाडो महिनामा इ’न्फ्लु’एञ्जा अर्थात फ्लुको प्र’को’पको जो’खि’म बढेको भन्दै मन्त्रालयले सूचना जारी गरेको हो ।

फ्लु भा’इ’र’सका कारण सर्ने स’ङ्क्रा’मक रो’ग भएको र यो जाडो महिनामा बढी सक्रिय हुने भएकाले विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

फ्लु नवजात शिशु, अधबैँसे व्यक्ति र वृद्धवृद्धा गरी सबै उमेर समूहका मानिसलाई लाग्ने र पूर्व सावधानी अपनाएमा बच्न सकिने मन्त्रालयको भनाइ छ ।


बि’रा’मी भएका व्यक्तिसँग भौतिक दूरी कायम राख्ने, खोक्दा, हाच्छ्युँ गर्दा नाक, मुख छोप्ने, शारीरिक रुपमा सक्रिय रहने, प्रसस्त झोलिलो खानेकुरा खाने, सम्भव भएसम्म सामान्य बिरामी हुँदा पनि घरमै बस्ने, बेलाबेला साबुनपानीले हात धुने गरेमा फ्लुबाट बच्न सकिने मन्त्रालयको भनाइ छ ।

सामान्यतया फ्लु भएका बि’रा’मीलाई डाक्टरको हेरचाह र एण्टीभाइरल औषधिको आवश्यकता नपर्ने भए पनि दी’र्घ’रो’गी, ग’र्भ’व’ती, सु’त्के’री, रो’ग प्र’ति’रो’धा’त्म’क क्षमता कम भएका र वृद्धवृद्धाले भने डाक्टरसँग नियमित सम्पर्कमा बस्नुपर्ने मन्त्रालयको सुझाव छ ।

यस्तै इजरायलमा को’रो’ना खोप नलगाएका एक नेपालीको मृ’त्यु भएको छ । इजराइलस्थित तेल अबिबमा रहेको नेपाली दूतावासका अनुसार को’रो’नाको खोप नलगाएका झापाका रमेश कुमार विश्कर्माको को’रो’नाका कारण मृ’त्यु भएको हो ।

त्यस्तै, नेपालको सुनसरी स्थायी ठेगाना भएका लाल बहादुर बिष्टको सडक दु’र्घ’ट’नामा परी नि’ध’न भएको छ । पछिल्लो समय इजरायलमा विश्वकर्माको को’रो’नाका कारण र बिष्टको दु’र्घ’ट’नाबाट मृ’त्यु भएको छ । दुबैजना वैदेशिक रोजगारीको सिलसिलामा ईजरायलमा रहँदै आएका थिए ।

दूतावासका अनुसार परिवारको स्वीकृतिमा स्व.विश्वकर्माको केही दिन अघि ईजरायलमै अ’न्त्ये’ष्टि भइसकेको छ भने स्व.बिष्टको पार्थिव शरीर नेपाल आइपुगिसकेको छ ।

को’रा’नाका कारण मृ’त्यु भएका रमेश विश्वकर्माले को’रो’नाको खोप नलगाएको दूतावासले उल्लेख गरेको छ । साथै, दूतावासले को’रो’ना खोप लगाउनेहरुमा मृ’त्यु’द’र निक्कै कम हुने

विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेकाले हालसम्म पनि को’रो’नाको खोप नलिई ईजरायल तथा साईप्रसवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कुनैपनि द्विविधा नराखी यथाशीघ्र खोप लगाउन आग्रह गरेको छ ।

त्यसैगरी, सडक दुर्घटनाका कारण अकालमा ज्यान गु’मा’उने नेपालीहरुको संख्या निरन्तर बढ्दै गएको देखिएकोले (साईप्रसमा झनै बढी) सडक सुरक्षामा यथोचित ध्यान दिन समेत सबै नेपालीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...