भारतलाई विद्युत् बेचेर नेपालले २ सातामै कमायो यति धेरै करोड, सबै परे दंग

काठमाडौं –

नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत् बेचिसकेको छ ।

विद्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ । यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ । 

प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ । यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट विद्युत् भारतमा लगिएको छ ।

यस्तै लामो समयको प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणले होङ्शी सिमेन्ट बिजुली पुर्याएको छ । बिद्युत् नपुग्दा डिजल खपत गर्दै आएको उद्योगमा अब बिजुलीको खपत हुनेछ ।

जसका कारण २ अर्ब व्यापारघाटा कम हुने भएको छ । नेपाल बिद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत् होङ्शी सिमेन्टमा बिजुली पुर्याएको हो ।

होङ्शीले ३० मेगावाट बिद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट बिद्युत आवश्यक छ । प्राधिकरणले बिजुली पुर्याउन नसक्दा उद्योगले दिनमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको थियो ।

यसरी हेर्दा होङ्शीमा पुगेको बिजुलीले करिब २ अर्ब रुपैयाँ व्यापारघाटा कम गर्न मद्दत गर्नेछ । प्राधिकरणले बिजुली उत्पादन बढी भएको भन्दै भारततर्फ निकासी गर्न खोजेको छ ।

जबकी उद्योगहरुले मागअनुसारनै बिजुली नपाएको अवस्था छ । माग अनुसारको बिजुली नपाएका कारण उद्योगमा डिजलको खपत अत्यधिक छ । बुटवल भैरहवा तथा नवलपरासी क्षेत्रका उद्योगले मात्र अहिले २ सय मेगावाट बिजुली खपत गर्न सक्ने स्थिती छ ।

बुटवल–भैरहवा क्षेत्रमा पनि प्रसारण लाइनको अभावमा प्राधिकरणले माग अनुसारको बिजुली दिन सकेको छैन । यस्तै अवस्था बिराटनगर क्षेत्रका उद्योगीको पनि छ । प्राधिकरणले माग अनुसारको बिजुली दिएमा उद्योगमा नै करिब ५ सय मेगावाट बिद्युत् खतप हुने स्थिती छ ।

जसमा साढे २ सय मेगावाट बिजुली उद्योगहरुले डिजेल चलाएर निकालेका छन् । प्राधिकरणले माग अनुसारको बिजुली दिएमा ३० अर्बजति व्यापारघाटा घटाउन मद्दत पुग्नेछ ।

प्रसारण लाइन बन्न नसक्दा उद्योगमा बिजुली पुगेको छैन । होङ्शी सिमेन्टपनि सञ्चालनमा आएको ४ वर्षपछि मात्र प्राधिकरणले बिजुली पुर्याउन सफल भएको हो ।

उद्योगी पशुपति मुरारका प्राधिकरणले सहजरुपमा गुणस्तरको बिजुली दिन सकेमा उद्योगहरुले डिजेल चलाउनु नपर्ने यसको फाइदा अर्थतन्त्रमा हुने बताउँछन् ।

‘पहिलेभन्दा बिद्युत् आपूर्ति प्रणालीमा सुधार भने भएको छ, प्राधिकरणले अझै सुधार गरेमा उद्योगहरु थप क्षमतामा चल्ने र यसले डिजेल आयात रोकिने तथा उत्पादन बढ्ने हुन्छ,’ मुरारकाले भने ।

खास गरी ठूला स्टील उद्योगलाई प्राधिकरणले अझैपनि माग अनुसारको बिजुली दिन सकेको छैन । सरकारले पछिल्लो समय स्पञ्च आइरनबाट बिलेट बनाउन प्रोत्साहन गर्ने नीति लिएको छ ।

यसको लागि उद्योगको लागि विजुली बढी चाहिन्छ । बिलेट आयात गरेर डण्डी बनाएका कतिपय उद्योगले बिलेट उत्पादन गर्नको लागि विजुलीलाई प्रमुख समस्याको रुपमा राखेका छन् ।

डण्डी र सिमेन्ट उत्पादनमा प्रमुख लगानी रहेको औद्योगिक घराना सौरभ ग्रुपका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने अहिले साढे २ सय मेगावाट बिजुली उद्योगहरुले डिजेल चलाएर निकालेको बताउँछन् ।

‘उद्योगीले ५ सय मेगावाट जति बिजुलीको माग गरेपनि तत्काल खपत हुन सक्ने साढे २ सय मेगावाट हो,’ न्यौपानले क्लिकमाण्डूसँग भने । प्राधिकरणले डिजेलबाट बिजुली उत्पादन गर्न नपर्ने अवस्था सिर्जना गरेमा ३० अर्बजति व्यापारघाटा कम हुने विश्लेषण न्यौपानेको छ ।

अहिले उद्योगहरुले साढे ७ लाख लिटर डिजल दैनिकरुपमा उद्योग सञ्चालन गर्नका लागि खपत गर्दै आएका छन् । उद्योगी न्यौपाने आफ्नो सुनवलमा रहेको लक्ष्मी र सर्वोत्तम सिमेन्टका लागि मात्रै ६० मेगावाट माग गरेपनि सो अनुसार बिजुली नपाएको बताए ।

‘सिमेन्ट र स्टील उत्पादन गर्ने उद्योगले माग अनुसार बिजुली पाएका छैनन्, मागअनुसार गुणस्तरको बिजुली दिएमा हाम्रो उत्पादन बढ्ने थियो र डिजेल आयातको लागि विदेश जाने पैसा रोकिने थियो,’ न्यौपानेले थपे ।

उद्योगीहरुले १ लिटर डिजेलबाट ४ युनिट विजुली उत्पादन गर्छन् ।

यो पनि : चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा रहेकाे सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिवारदेखि बिजुली आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेशन हिजाे राति ९ बजे चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई बिजुली दिएको हो ।  

होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट बिजुली चाहिने छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै बिजुली दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१ दशमलव ५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति लिएको छ ।

११ र ३३ केभी प्रसारण  मेगावाट लाइनबाट बिजुली आपूर्ति लिने ग्राहकको भन्दा १३२ केभीको महसुल सस्तो छ । बिजुली लाइन पुग्न नसक्दा उद्योगले १ दशमलव ४ मेगावाटका १४ वटा डिजल जेनेरेटरमार्फत बिजुली आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक ६० हजार लिटर डिजल खपत गर्दै आएको उद्योगले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिए पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई बिजुली दिन सकिएको बताउनुभयो ।  

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई बिजुली आपूर्ति दिइएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई बिजुली आपूर्ति दिइएको हो ।

२२० केभी प्रसारण लाइनबाट आएको बिजुलीलाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा बिजुली दिइएको छ ।

बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।

‘देशभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरूले मागेजति विद्युत् दिइरहेका छौँ । गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेशनहरूको क्षमता बढाउने, सुदृढीकरण गर्ने लगायतका काम अभियानकै रूपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’, घिसिङले भन्नुभयो, ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौँ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग बिजुली पुर्‍याउने घोषणाअनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण याे प्रसारण लाइनको निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारको ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/०७४ मा आयोजनाको सुरु गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...