अदालतमा आठौँ आश्चर्य : हजार रुपैयाँमा जु’लु’स, ५ न्यायाधीश भने….

काठमाडौं –

कात्तिकको पहिलो सातादेखि सर्वोच्च अदालतमा आ’न्दो’ल’न भइरहेको छ । आन्दोलनको मुख्य माग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा रहेको छ ।

तर, सोमबारदेखि ५ न्यायाधीशहरू आन्दोलनकारीको समर्थन छाडेर प्रधानन्यायाधीशकै गुटमा फर्किएका छन् । उता सडकमा ‘स्वतन्त्र न्यायालय’को मागसहित चोलेन्द्रको समर्थनमा दिनहुँ निस्कने जु’लु’समा प्रतिव्यक्ति हजार रुपैयाँ दिने गरिएको पाइएको छ ।

पूर्वकान्तिपुरकर्मी लक्ष्मण कार्की सम्पादक रहेको मकालुखबर डटकमले दिएको एउटा भिडियो क्लिपमा आ’न्दो’ल’न’का’रीले सडकमा आएर कराए बापत १ हजार रुपैयाँ पाएको बताएकी छिन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा स्वतन्त्र न्यायालयको माग राख्दै आन्दोलनमा सहभागी हुन आएकी एक महिलाले आफूहरूलाई दिनको एक हजार रुपैयाँ दिएर आ’न्दो’ल’नमा सहभागी गराइएको बताएकी हुन् ।

‘हिजोमात्र आएको हजार रुपैयाँ दिएको थियो । आज चाहिँ नाम लेखाउन पाइएन, नलेखी दिन्छ कि दिँदैन भनेर बुझ्न आएको‚’ उनले भनिन् । पैसा लिएर गर्नुपर्ने कामको बारेमा सोध्दा ‘स्वतन्त्र न्यायपालिका हाम्रो चाहाना’ लेखिएको पर्चा देखाउँदै उनले भनिन्‚ ‘त्यहाँ बसेर कराउनुपर्ने ।’

पर्चा बोकेर ‘जिन्दावाद जिन्दावाद’ भन्नुपर्ने भन्दै उनले नाम नलेखाएकाले आज चाहिँ पैसा नपाइने हो कि भन्ने चि’न्ता व्यक्ति गरिन् ।

त्यसैगरी ललितपुर घर भई एउटा प्राइभेट कार्यालयमा काम गर्ने एक कार्यालय सहयोगीका अनुसार आफ्ना छिमेकी दुईजना श्रीमान्–श्रीमती जुलुसमा जाने गरेको र दैनिक एक–एक हजार रुपैयाँ पाउने गरेको सुनाइन् ।

उनले भनिन् ‘मेरा छिमेकीहरू जु’लु’समा जान्छन् र एक–एक हजार थाप्छन् ।’

पत्रकार प्रकृति अधिकारी फेसबुकमा एउटा फोटो पोस्ट गर्दै लेख्छन्, ‘पैसा बुझ्न आज पनि गल्लीमा लामबद्ध । यसको रिपोर्टिङ गर्न कुनै पत्रकार देखिएन । बिचौलियाले समूह समूहमा गल्लीमा लगेर पैसा बाँडेका थिए ।’

५ न्यायाधीश आफ्नै गुटमा फिर्ता

यसैबीच, प्रधानन्यायाधीशविरु’द्धको आ’न्दो’ल’नमा एकाकार रहेका १९ जना न्यायाधीशमध्ये ५ न्यायाधीशले सोमबार एकाएक ‘विद्रोह’ गरेको खबर आयो ।

त्यसरी आ’न्दो’ल’नकारी न्यायाधीशको साथ छाडेर चोलेन्द्रको पक्षमा उभिने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र डा. कुमार चुडाल छन् ।

१९ जना न्यायाधीश एकैठाउँमा रहेर भद्र आन्दोलन गरिरहँदा सोमबार एकाएक पाँचजना न्यायाधीशले वि’द्रो’ह गरे । पाँचजना न्यायाधीशले वि’द्रो’ह गरेपछि बाँकी १३ जना (एकजना न्यायाधीश अमेरिकामा) न्यायाधीशले फेरि छलफल गरे ।

यद्यपि उक्त छलफलले पनि कुनै निर्णय भने निकाल्न सकेन । बारको आग्रहपछि के गर्ने भन्नेबारे छलफल गरेका न्यायाधीशहरुले मंगलबार मात्रै बारलाई जवाफ दिने भएका छन् ।

तर, पाँच न्यायाधीशको कित्ता परिवर्तनलाई आ’न्दो’ल’न’र’त बारका पदाधिकारीहरू अनौठो मान्दैनन् । यस सम्बन्धमा बारका एक पूर्वपदाधिकारीले भने,

‘उहाँहरु चोलेन्द्रको कित्तामा उभिँदा आश्चर्य मान्नुपर्दैन, बरु अहिलेसम्म प्रधानन्यायाधीशलाई साथ नदिई जसरी आ’न्दो’ल’नको पक्षमा उभिनुभएको थियो, त्यसलाई चाहिँ आठौँ आश्चर्य मान्दा हुन्छ ।’

सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश जबराले गुटबन्दी गरेको र मु’द्दाको पेसी तोक्दा स्वा’र्थ बाझिएका मु’द्दाहरू आफ्नो गुटका न्यायाधीशलाई पार्ने गरेको आ’रो’प लाग्दै आएको थियो ।

यस क्रममा न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र डा. कुमार चुडाल लगायतलाई ‘चोलेन्द्रको पक्षका न्यायाधीश’ मान्ने गरिएको थियो । रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...