काठमाडौँ –
नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले भोलि (मंगलबार) नेपाल ब’न्दको आयोजना गरेको छ ।
पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत सामानमा सरकारले गरेको मूल्यवृद्धि बिरु’द्द नेपाल ब’न्दको आयोजना गरेको हो ।
बन्दमा प्रेस, एम्बुलेन्स लगायत अस्पताल सम्बन्धी, कानुन व्यवसायी (आ’न्दो’ल’न जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्ने बाहेक सबै गाडी ब’न्द हुने नेकपाले जनाएको छ ।
नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल ब’न्दका क्रममा प्रेस, एम्बुलेन्स लगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुन व्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् ।
ब’न्दमा सहयोग गर्न महँगीको मा’रमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ ।
नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि ब’न्दमा साथ दिन आह्वान गरेको छ ।
यसै क्रममा नेकपाले नेपाल ब’न्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जु’लु’स निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर वि’द्रो’ह गर्न बाध्य पारेको बताए ।
उनले आज साँझको मसाल जु’लु’स र भोलि मङ्गलबारको नेपाल ब’न्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशबासीलाई आह्वान गरे ।
केहिदिन अघि महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल ब’न्द सहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।
यस्तै नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ ।
अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले घाटा कम गर्न सरकारले अनुदान नदिए मूल्य समायोजनको विकल्प नरहेको स्पष्ट पारेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुसँग सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा छलफल भएको थियो । छलफलमा निगमले तथ्याङ्क प्रस्तुत गर्दै घाटा थेग्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
‘सचिवज्यूको आह्वानमा भएको छलफलमा ८ वटै विद्यार्थी संगठनको सहभागिता थियो । उनीहरुको एक सूत्रीय माग नै बढेको मूल्य खारेज हुनुपर्ने थियो’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भने,
‘हामीले अहिलेको अवस्थामा नोक्सानीको यथार्थ विवरण प्रस्तुत गऱ्यौँ । आइओसीलाई पैसा तिर्न सरकारबाट अनुदान वा ऋण लिनु पर्ने अवस्था आइसकेको छ ।’
निगमले अझै मूल्य बढ्ने संकेत समेत गरेको छ । उपाध्यायले भने ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छैन, उस्तै छ । भारतबाट नयाँ मूल्यसूची भोलि आउँछ, बढेरै आउने अनुमान छ ।
त्यसपछि फेरि समायोजनको निर्णय गर्छौं ।’ छलफलका क्रममा वाणिज्य सचिव भट्टराईले बजार मूल्य बढ्न नदिने र निगमलाई घाटाबाट बचाउन पनि थप गृहकार्य भइरहेको आश्वासन दिए ।
उनले प्रधानमन्त्री र मुख्यसचिवसँग छलफल गरेर निर्णय गरिने बताएका थिए । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ घाटा भइरहेको छ ।
पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउँदा बढाउनुपर्ने बाध्यता रहेको निगमले बताउँदै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहदा यहाँ कर घटाएर उपभोक्तालाई केही राहत दिन सकिने भए पनि सरकारले चासो दिएको छैन । निगमको तथ्यांकअनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ ।
त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ प्रतिलिटर जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३. ७७, पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च रहँदै आएको छ ।
हेर्नुस विज्ञप्ति






















