काठमाडौँ –
नेपाल पछिल्लो समय ला’गूऔ’ष’धको ट्रा’न्जि’ट बन्न थालेको छ । गाँ’जा, च’रे’श, को’कि’न हे’रो’इ’न लगायतका पदार्थहरूको कारोबार बढेकाले नेपाललाई अन्तर्राष्ट्रिय ला’गू’औ’ष’धको गिरोहले उपयोग गरिरहेको देखिएको छ ।
भारतसँगको खुला सिमाना र अन्तर्राष्ट्रिय गि’रो’हको सक्रियताले नेपालमा प्रहरी प्रशासनले जतिसुकै क’डा’इ गर्दा पनि ला’गूऔ’ष’धको का’रो’बारमा कमी आएको छैन ।
प्रहरीले यसको प्रभावकारी नियन्त्रणका लागि भन्दै डीआईजीकै कमान्डमा छुट्टै ब्युरो स्थापना गरेको भए पनि नेपालमा भने दिनप्रतिदिन लागू पदार्थको व्यापार व्यावसाय तथा दुव्र्यसनीको संख्या बढिरहेको छ ।
त्यसो त कोकिन मात्र पनि चार वर्षयता १७ किलो प’क्रा’उ परिसकेको छ । यसअघि प’क्रा’उ परेका ५ कारोबारीले नेपाल को’कि’न कारोबारको रुट नभए पनि युरोपतिर पुर्याउन नेपालको ट्रा’न्जि’ट रु’ट मात्र प्रयोग गरेको बताएका छन् ।
एक अधिकारी भन्छन्– नेपाल प्रहरीको एक्लो प्रयासले मात्र मुख्य का’रो’बा’रीसम्म पुग्न सकिँदैन । यसका लागि विदेशका समकक्षी अनुसन्धान संस्थासँग सहकार्य गर्नुपर्छ ।
यसको का’रो’बा’रमा स’जा’य र जो’खि’मसँगै नाफाको प्रतिशत पनि अत्यधिक हुने भएकाले मुख्य कारोबारी र भरियाबीच ठूलो खाडल हुने बताइन्छ ।
नेपाली चरेश र गाँजाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने भएकाले भारतीय त’स्क’रमार्फत नेपाली च’रे’श र गाँ’जा भारत हुँदै समुद्री मार्गबाट अमेरिका, युरोप र एसियाका विभिन्न मुलुकमा पुग्ने गर्छ ।
ब्युरो स्रोतका अनुसार च’रे’श का’रो’बा’रमा सन् १९७६ अघि का’नु’नी रूपमा ठे’के’दा’री गर्ने समूहका सदस्य समेत सक्रिय छन् ।
हाल पहँुच र पैसाका कारण पर्दापछाडि रहने यस्तो समूहका सद’स्यलाई केही समयका लागि ब्युरोमा आउने प्रहरी अधिकारीले थाहा पाएर पनि चलाउँदैनन् ।
त्यस्तै, च’रे’श र गाँ’जाको अन्तर्राष्ट्रिय त’स्क’रीमा नेताको समेत संलग्नता देखिए पनि थप अनुसन्धान हुन नसक्दा घटना ओ’झे’लमा परेका बताइन्छ ।
खैरो हे’रो’इ’नसहित नौ प’क्रा’उ – आज काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अ’वै’ध ला’गुऔ’ष’ध खैरो हे’रो’इ’नसहित नौ जनालाई प्रहरीको ला’गु’औ’ष’ध नियन्त्रण ब्यूरोले प’क्रा’उ गरेको छ ।
प’क्रा’उ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका–१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४का ३२ वर्षीय गौतम केसी रहेका छन् ।
काठमाडौं बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका शुसिल श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौं महानगरपालिका–१० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।
प्रहरीले थापाबाट १०० मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट ५०० मिलिग्राम, तामाङबाट ४ ग्राम ५०० मिलीग्राम, शेर्पाबाट २२ ग्राम खै’रो हे’रोइ’न, त्यसको मापन गर्ने तराजु र लाखौँ रुपैया समेत ब’रा’म’द गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको ला’गू’औ’ष’ध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।





















