हिजोको तुलनामा फेरी बड्यो को’रो’ना संक्र’मित, २४ घण्टामा देशभर संक्र’मित र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ९५ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ८ हजार ८ जनाको पिसिआर र १ हजार ५ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ६ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ४८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ४८ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप  ६ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

आइतबार थपिएसँगै नेपालमा को’रोना संक्र’मितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ भने ७ लाख ९८ हजार २७४ जना संक्र’मणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्र’मितको संख्या ७ हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

को’रोनाका बि’रामीमध्ये २२२ जना आईसीयू र ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दी’र्घरो’गबाट पी’डि’त किशोर-किशोरीलाई ल’क्षि’त गरेर आज (आइतबार) देखि फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्दै छ।

को’रो’ना भा’इर’स विरु’द्ध फाइजर बायोएनटेकको ५० हजार डोज खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई लगाउन लागिएको सरकारले जनाएको छ।

यो खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाउने योजना छ। सरकारले तोकेका देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यसैगरी ५ देखि ७ मंसिरसम्म खोप लगाउन बाँकीलाई यो खोप दिइने छ। खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनभित्र दिनुपर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाउन लागिएका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले जानकारी दिए ।

यो खोप १२ वर्षमाथिका दी’र्घरो’गीहरूलाई पहिलो प्राथमिकतामा राखेर दिइने छ। १२ वर्षमाथिका आठ प्रकारका दी’र्घ रो’गका बिरामीहरूलाई यो खोप दिने तयारी छ ।

फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसङ्ख्यालाई दिन मिल्ने भएकाले १२–१७ वर्षका व्यक्तिहरूलाई यो खोप दिने तयारी सरकारले गरेको हो । 

यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको स’मस्या भएका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका,

फोक्सोको बिरामी भएर औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रो’ग भएका दीर्घरोगीहरूलाई लगाउने तयारी छ ।

यो खोप दी’र्घ रो’ग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...