एजेन्सी –
बेलायती सेनाप्रमुखले रुससँग आकस्मिक यु द्ध हुनसक्ने ख त रा औंल्याएका छन् । टाइम्स रेडियोसँगको अन्तर्वार्तामा जनरल निक कार्टरले यस्तो ख त राबारे दा बी गरेका हुन् ।
“मलाई लाग्छ कि हामी १० वा १५ वर्षअघि भन्दा धेरै नै प्रतिस्पर्धी संसारमा छौं । राज्यहरू र शक्तिहरूबीचको यस्तो प्रतिस्पर्धाको प्रकृतिले ठूलो त ना ब निम्त्याउँछ” जनरल कार्टरले भनेका छन् ।
कार्टरले १९७८ मा आफूले सैन्य सेवा सुरु गर्दाको समयसँग हालको विश्व राजनीतिलाईसमेत तुलना गर्दै व्याख्या गरेका थिए । उनले पहिलेको विश्व द्विध्रुवीय रहेको र पछि एकध्रुवीय हुँदै बहुध्रुवीय भएको बताएका थिए ।
पत्रकार टम न्युटन डनसँग उनले भनेका छन्, “जब तपाइँ र म हुर्किँदै थियौँ त्यसबेला यो द्विध्रुवीय विश्व थियो । एक सोभियत संघ र पश्चिम । त्यसपछि हामी एकध्रुवीय विश्वमा गयौं । र यसको नेतृत्व अमेरिकाले गरिरहेको छ ।”
तर पछिल्लो समय विश्व बहुध्रुवीय अवस्थामा पुगेको उनको तर्क थियो । जसले ठूलो त ना ब निम्त्याउनसक्ने उनले बताएका छन् ।
“मलाई लाग्छ कि हामी अब यस्तो अवधिमा छौं जहाँ यो विश्व बहुध्रुवीय छ । र बहुध्रुवीय संसारमा मानिसहरूले विभिन्न उद्देश्यहरू र विभिन्न एजेन्डाहरूमा प्रतिस्पर्धा गरिरहेका छन्, त्यहाँ ठूलो तनाबको जो’खि’म छ,” कार्टरले भनेका छन् ।
यस्तै कार्टरले राजनीतिज्ञहरूलाई अनावश्यक कुराले भड्काउने गरेको आ’रो’प समेत लगाएका छन् । साथै उनीहरूलाई यस्तो नगर्न चे’ता’व’नी समेत दिएका छन् ।
बेलारुस-पोल्याण्ड सीमाक्षेत्रमा उत्पन्न आप्रवासी सं’क’टमा रुस पनि संलग्न छ कि भन्ने प्रश्नमा उनले आफूलाई यसबारे जानकारी नभएको बताए । तर त्यसले आफूलाई कुनै आश्चर्यमा नपार्ने उनको प्रतिक्रिया थियो ।
बेलारुस-पोल्याण्ड सीमाक्षेत्रको अवस्थाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यसमा रुसको कुनै सरोकार नरहेको प्रतिक्रिया दिइसकेका छन् ।
पछिल्लो समय बेलारुस-पोल्याण्ड सीमाक्षेत्रमा उत्पन्न आप्रवासी संकटलाई लिएर चौतर्फी चासो र चिन्ता प्रकट भएको छ ।
कतिपय देशहरू यसबारे विभाजित बनेका छन् । र उक्त संकटमा रुस पनि जिम्मेवार रहेको भन्दै रुसको कडा आलोचना हुँदैआएको छ ।