इजरायलले सार्वजनिक गर्‍यो यस्तो विद्युतीय यु द्ध प्रणाली, विश्वभर म च्चि यो ह ल च ल

काठमाडौं –

इजरायलले मि सा इ ल वा गो लीको साटो विद्युतीय किरण (बिम) पठाएर दु श्म नका नि शा ना ध्व स्त पार्ने नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको छ ।

हालै सार्वजनिक गरिएको नयाँ प्रणालीले विशेष किरण (बिम) को प्रयोग गरी दु श्म नका नि शा नामाथि ह म ला गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । नयाँ प्रतिरक्षा प्रणालीलाई नवीन स्क्यानिङ प्रविधिका आधारमा विकास गरिएको हो ।

इजरायलमा बिहीबार सार्वजनिक गरिएको विद्युतीय यु द्ध प्रणालीले विशेष खाले किरण (बिम) मार्फत् दु श्म नका विभिन्न निशाना पत्ता लगाइ अ व रु द्ध पार्न सक्ने आरटी डटकमले जनाएको छ ।

विश्वकै पहिलो भनिएको र इजरायल एरोस्पेस इन्डष्ट्रिज (आईएआई)ले सार्वजनिक गरेको नयाँ विद्युतीय यु द्ध प्रणालीको नाम ‘स्कोर्पिअस’ प्रणाली राखिएको छ ।

आईएआईका अनुसार स्कोर्पिअस प्रतिरक्षा प्रणालीले विद्युतीय किरण मार्फत् ड्रोन, पानीजहाज, रडार केन्द्र सहित जल, थल एवं वायु क्षेत्रबाट उत्पन्न हुने ख त रासँग जुध्न सक्छ ।

स्कोर्पिअसमा प्रयोग हुने निकै सटिक तथा केन्द्रीकृत किरणले दु श्म नका यु द्ध प्रणाली अ व रु द्ध गर्न सक्ने, ठूलो क्षेत्र ओगट्न सक्ने र एकै पटक धेरै स्थानलाई निशाना बनाउन सक्ने समाचारमा जनाइएको छ ।

स्कोर्पिअस प्रणालीअन्तर्गत थल, जल, वायु र तालिम गरी ४ वटा स्वरुप (भर्सन) उपलब्ध छन् । स्थलकेन्द्रित भर्सनमा गतिशील र अचल गरी २ प्रकार छन् ।

इजरायली सेनाले उत्तरी क्षेत्रमा वृहत् बेलुनमा आधारित हवाई प्रतिरक्षा प्रणाली सुरु गरेको एक हप्तापछि विद्युतीय किरणमा आधारित नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको हो ।

पछिल्ला वर्ष इजरायलले आफ्नो हवाई प्र ति र क्षा तथा रडार प्रविधिमा निकै ठूलो लगानी गर्दै आएको छ ।

इरानी ड्रोन र मि सा इ लको बढ्दो विकास तथा भण्डारण र हमासबाट हुने रकेट तथा बेलुन आ क्र म णबाट उत्पन्न ख त राका कारण इजरायलले आफ्नो प्र ति र क्षा प्रणालीमा लगानी बढाइरहेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...