नयाँ दिल्ली – भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन ल क डा उन गर्न सुझाव दिएको छ ।
केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि ल क डा उन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।
भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ ।
“हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने ल क डा उन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको छ ।
मानिसको स्वास्थ्यका लागि ल क डा उन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशहरुले गर्नु भएको छ ।
ल क डा उ नलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा सम स्याको समा धान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ ।
अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ ।
चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा ग म्भी र र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
विज्ञ तथा सरोकारवालाहरुले प्र दु ष णबाट बालबालिकाहरुलाई दिर्घकालिन अ स र पर्ने भन्दै चि न्ता पनि व्यक्त गरेका छन् । वायु प्र दु ष णको असर बालबालिकाहरुमा अहिले भन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा. धिरेन गुप्ताको भनाई छ ।
“बालबालिकामा प्र दु ष णको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी अ स र त पछि देखिन्छ, त्यसैले यो धेरै ग म्भी र र दुरगामी सम स्या हो,” उहाँले भन्नुभयो । बालबालिकामा यसले पार्ने असरका बारेमा चि न्ता, चासो र गा म्भीर्य ता अधिकांशमा नदेखिनु अर्को चि न्ताको विषय भएको उहाँको टिप्पणी छ ।
विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मा न सि क सम स्या पनि देखिन सक्ने उहाँले बताउनुभयो । साथै आँखा पिरो हुने र घाँटी चिलाउने अ स र तत्काल नै देखिएको र त्यस्ता वि रा मीहरुको सङ्ख्या अत्यधिक धेरै रहेको उहाँले जानकारी दिनुभयो ।
नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ । पटकको प्रयोगमा प्रतिब न्ध लगाइए पनि सहरभरि मानिसहरूले तिहारका बेलामा राती अबेरसम्म प टा काहरू प ट्का एका कारण आकाश नै धुम्म परेको अधिकारीहरुको भनाई छ ।
सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही बर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदू षि त राजधानीको रूपमा चिनिदै आएको छ । हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धु वाँका कारण पनि दिल्लीको वायु वि षा क्त बन्ने गरेको छ ।
सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन ।
दिल्ली मात्रै नभइ भारतका अरु पनि धेरै सहरहरु अति प्रदु षित सहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन ।
भारतका प्रदू षित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।