काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा आज हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो ।
उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए ।
यस्तै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकर्ण विष्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको नाममा नेपाली कांग्रेसलाई पात बिनाको नाङ्गो रुख बनाउन लागेको आरोप लगाएका छन् ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै विष्टले प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखलाई हल्लाएर पात समेत झारेर नाङ्गै बनाइदिने बताएका हुन् ।
विगतमा एमालेको बैशाखी टेकेर राजनीतिक विडो थामेका प्रचण्डको एमाले समाप्त पारी आफु हालि मुहाली गर्ने सपना चकनाचुर भएपछि अहिले गठबन्धनका नाममा कांग्रेसको टाङ्मुनी छिरेको उनले आरोप लगाएका छन् ।
‘राजनीतिक अस्थिरताका खेलाडी प्रचण्डको इतिहास नै जहाँ छोयो त्यही समाप्त पार्ने मात्र हो । मुलुकमा राजनीतिक स्थितरता ल्याउने हैन, आफ्नो स्वार्थको लागि सति जाने पहिचान प्रचण्डको बनेको छ । विगतमा एमालेको बैशाखी टेकी आफ्नो राजनीतिक भविष्यलाई थाम्नुभयो ।
प्रचण्ड अनेक बहाना तथा फुटको मानसिकता बोकी र बोकाई एमाले सक्ने राणनीतिमा हुनुहुन्थ्यो । तर एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि गठबन्धनको नाममा राजनीति गर्दै हुनुहुन्छ ।
यो गठबन्धन यही अवस्थामा रहयो भने प्रचण्डले कांग्रेसको रुखको पातलाई समेत हल्लाएर झारिदिनुहुन्छ । त्यसपछि पात विनाको नाङ्गो रुख कांग्रेस बन्ने निश्चत छ,’ विष्टले भने ।
यस्तै नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठटन गर्नुपरेको बताएका छन् ।
शनिबारबाट सुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले क’ब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले वि’द्रो’ह गर्नुपरेको बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दाबी गरे ।
‘दुई तिहाइको बहुमत पटक पटक लत्याएको हुनाले, एकीकृत भैसकेको पार्टीलाई उत्प्रेषणको आदेशबाट फुटाउन लगाएकाले । नेपाली क्रा’न्तिलाई नयाँ चरणमा
नयाँ ढंगले पुनर्गठन गरेर आ’न्दो’ल’नलाई शक्तिशाली बनाउनुपर्ने धारणा राख्दै खनालले ओली नेतृत्वको नेकपा एमाले दक्षिणपन्थी अवसरवादमा फसेको बताए ।
वि’द्रो’ह गर्नुपर्ने कारणहरूको व्याख्या गर्दै नेता खनालले यथास्थितिवादका वि’रु’द्ध ल’ड्न, नयाँ सिर्जना,खोज, अ’ग्रग’ति र क्रा’न्ति’का’री परिवर्तनका लागि नयाँ प्रणाली र पद्धतिको विकासका लागि हुने बताए ।
‘यो औचित्यपूर्ण वि’द्रो’ह हो । दक्षिणपन्थी अवसरवाद, गुटवादका वि’रु’द्ध न्यायपूर्ण नेपाली क्रा’न्तिको आवश्यकता अनुसारको वि’द्रो’ह हो’, नेता खनालको भनाइ छ ।
उनले कहिलेकाहीँ आफैले बनाएका संगठनका विरु’द्ध वि’द्रो’ह गर्नुपर्ने अवस्था अहिले मात्रै नभई मार्क्स र लेनिनका पालादेखि नै हुँदै आएको बताए ।
ओली नेतृत्वको एमालेमा कम्युनिस्ट चरित्र नै नभएको भन्दै कम्युनिस्ट समूह हुन आधारभूत कुरा हुनुपर्ने बताए ।
‘पहिलो मार्क्सवाद लेनिनवाद मान्ने, दलाल पुँजीवाद र साम्राज्यवाद विरु’द्ध संघर्ष गर्ने, वैज्ञानिक समाजवादका लागि दृढतापूर्वक पालना गर्ने समूहहरूलाई कम्युनिस्ट समूह मान्नुपर्ने हुन्छ’, खनालको भनाइ छ ।





















