मात्रै ११ हजार जनसंख्या भएको देशका विदेशमन्त्रीले समुद्रमा भाषण गर्दै दिए विश्वलाई यस्तो कडा चे’ता’व’नी

काठमाडौं –

सामाजिक संजालमा एउटा फोटो निकै भाइरल भइरहेको छ । फोटोमा एक व्यक्ति सुटबुटमा समुद्रमा उभिएर भाषण गरिरहेका छन् । यो फोटो

सानो देश तुवालुका विदेश मन्त्री साइमन कोफेको हो । तुवालु दक्षिणी प्रशान्त महासागरमा रहेको निकै सानो टापु देश हो जसको जनसंख्या मात्रै ११ हजार छ ।

खासमा कोफेले यस्तो तरिका अपनाएर विश्व र संयुक्त राष्ट्रसंघलाई चे ता व नी दिन चाहन्थे ।

उनले यस्तो गरेर जलवायु परिवर्तन र यसले ल्याउन सक्ने असरहरुलाई बेवास्ता गर्दा यसको परिणाम ग म्भी र हुने चे ता व नी दिन चाहेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका विषयमा स्कटल्याण्डको ग्लासगोमा आयोजना गरेको कोप २६ सम्मेलनमा उनले यसरी सम्बोधन गरेका थिए ।

कोफेले यो सम्मेलनमा संयुक्त राष्ट्रसंघलाई रेकर्डेड सन्देश पठाएका थिए जसमा उनले समुद्रमा उभिएर सम्बोधन गरेका छन् । कोफे आफ्ना स्टाफको साथमा समुद्र किनार पुगे ।

पृष्ठभूमिको लागि पर्दा लगाए, अगाडि पोडियम राखे । ट्राउजर घुँडासम्म सारे र पानीमा उभिएर सन्देश रेकर्ड गराए । केही समयमै उनको भिडियो भाइरल भयो ।

यो भिडियोको माध्यमबाट उनी विश्वलाई जलवायु परिवर्तनका कारण समुद्रको जलस्तर तीब्र रुपमा बढिरहेको र यसबाट तुवालुजस्ता साना टापु देश पूरै समुल्रमा विलिन हुने ख त रा रहेको बताउन चाहेका थिए ।

उनले विश्वका अन्य देशहरुलाई जलवायु परिवर्तनलाई रोक्न ग म्भी र कदम चाल्न सांकेतिक आगह गरेका थिए । यो भिडियोलाई तुवालुको सरकारी टेलिभिजन टिभीबीसीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

तुवालुको राजधानी फनाफुटीको समुद्र किनारमा यो भिडियो रेकर्ड गरिएको थियो । तुवालुको षेत्रफल मात्रै २५.९ वर्ग किलोमिटर छ र यहाँको जनसंख्या ११ हजार ७९२ छ । यो देशमा कूल ९ वटा टापु छन् । 

साभार : डिसीनेपालबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...