काठमाडौं –
गत मंगलबार राति लुम्कीचुहा नगरपालिका–१ लम्की बजारका २२ वर्षीय युवक भूपेन्द्र बडुवाललाई टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिक लखेटीलखेटी च क्कुले हा ने र मा रि यो ।
घटनामा संलग्न ८ अ भि यु क्तलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। भूपेन्द्रको ह त्या आ रो पमा इलाका प्रहरी कार्यालय (टीकापुर) मा १६ जना वि रु द्ध कि टा नी जा हे री परेको छ ।
जसमध्ये घटनाका ‘योजनाकार’ चिसापानीका नवीन रावलसहित ८ जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । मृ त क भूपेन्द्र बडुवालका बुवा डम्बरले भने नवीन रावलको समूहले भूपेन्द्र आफ्नो ‘ग्याङ’मा सामेल नभएको रि समा ह त्या गरेको दाबी गरेका छन् ।
उनका अनुसार चिसापानीका नवीन र टीकापुरका जयन्त शाही केही वर्षअगाडि एउटै समूहमा थिए । उनीहरू चिसापानी, लम्की, टीकापुर क्षेत्रमा गु न्डा ग र्दी गर्थे ।
तर पछि उनीहरूबीच काठको विषयमा झ ग डा भयो । र, छुट्टाछुट्टै समूह सञ्चालन गरेर गु न्डा ग र्दी गर्न थालेका थिए । दुवै जना एकअर्काका दु श्म न भएका थिए । भूपेन्द्र जयन्तसँग नजिक थिए ।
‘घटनापछि बुझ्दा नवीन र जयन्तले एकअर्कालाई सि ध्या उ ने सम्मका कुरा भएका रहेछन्’, भूपेन्द्रका बुवा डम्बरले भने, ‘दसैंअघि नवीनले भूपेन्द्रलाई ह ति या र देखाएर मेरो टीममा आउनुपर्छ भन्दै थ र्का ए का थिए ।’
उनका अनुसार भूपेन्द्रले नवीनको कुरा इन्कार गर्दै अब केही नगरेर पढ्न विदेश जाने बताएका थिए । नवीन र भूपेन्द्र आपसमा ‘मामा–भान्जा’ भनेर सम्बोधन गर्थे ।
‘नवीनले भूपेन्द्रलाई भान्जा ग्रुप फरक भएको छ । हामीसँग लाग्नुपर्छ भनेर भनेका रहेछन्। तर भूपेन्द्रले चाहिँ ग्रुपमा लाग्नु हुन्न । यहाँ यो गर्नुभन्दा त अब ५ वर्ष पढाइका लागि विदेश जान्छु भनेर भनेको अहिले सुन्नमा आएको छ’, डम्बरले भने, ‘त्यसैले भूपेन्द्र आफ्नो समूहमा नआएको रि समा नवीनले ह त्या गरेको देखिन्छ ।’
भूपेन्द्रका साथी कपिल श्रेष्ठ दोहोरो भूमिकामा प्रयोग भएको हुनसक्ने उनको आ शं का छ । कपिल भूपेन्द्रका नजिकका साथी थिए । उनी पनि काठमाडौँ नै बस्थे । केही दिनअगाडि मात्रै उनी घर लम्की आएका थिए ।
‘कपिलले भूपेन्द्रलाई बोलाउँछ । र, भूपेन्द्रले जयन्त शाहीलाई बोलाउन सक्छ’, डम्बरले भने, ‘त्यसपछि कसलाई के गर्ने योजना छ त्यहीअनुसार गर्न सकिन्छ भन्ने नवीनको समूहले ठानेको हुनसक्छ ।’
घटनाको सत्यतथ्य छानबिन गरेर दो षीलाई का र बा ही हुनुपर्ने उनको माग छ। ‘नवीन र जयन्तको समूहले गर्दा मैले त पीडा भोगेँ । मजस्तै पीडा अरूले भोग्न नपरोस्’, उनले भने, ‘घटनाको सत्यतथ्य छानबिन गरेर अ प रा धीलाई कडाभन्दा कडा का र बा ही हुनुपर्छ ।’
उता जिल्ला प्रहरी कार्यालय (कैलाली) का एसपी विश्व अधिकारी घटनाको अनुसन्धान भइरहेको बताउँदै दो षीलाई का नू नी दा य रामा ल्याइने दाबी गर्छन् । ‘ह त्या आ रो पि त १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिइसकेका छौं’, उनले, ‘बाँकी फ रा रको पनि खोजी भइरहेको छ ।’
भूपेन्द्रलाई घरबाट लैजाने लम्कीका उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बडुवाल अमेरिका जाने अन्तिम तयारीमा थिए । काठमाडौंमा बस्ने उनी दसैं मान्न कैलाली पुगेका थिए । तर उनको अमेरिका जाने सपना भने पूरा हुन सकेन जुन अधुरै रह्यो ।
मंगलबार राति टीकापुरमा उनको ह त्या भयो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खु कु री प्र हा र गरेर उनको ह त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका हुन् । त्यसअघि उनले काठमाडौंमा अमरिका जाने प्रक्रिया सुरु गरेका थिए । ह त्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार उनले अमेरिका जाने प्रक्रिया अगाडि बढाएको देखिएको छ । तिहार मनाएर काठमाडौं फर्किने तयारी गरेका उनी कैलालीमा अ प रा धि क गि रो हको योजनामा मा रि ए ।
भूपेन्द्रमाथि आर्यन देवकोटाले च क्कु प्र हा र गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार नवीन रावलको समूहले सुरुमा शाही थरका एक युवाको ह त्याको योजना बनाएको हल्ला समेत चलेको छ । यद्यपी यसको पुष्टि भने प्रहरीले गर्न सकेको छैन ।
ह त्याको कारण प्रहरीले केलाइरहेको छ । तर फरार रहेका नवीन रावल भने अ प राधि क पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ । बडुवालको ह त्या हुनुअघि उनलाई कपिल श्रेष्ठले २७ पटक फोन कल गरेको देखिएको छ ।
फोन कलमा उनले बडुवाललाई जसरी पनि भेट्न आउनु भनेको पाइएको छ । तर उनीहरुबीच भेट भने नभएको पाइएको छ । बडुवालमाथि आ क्र म ण गर्दा उनीसँगै न्यौपाने थरका एक साथी थिए ।
न्यौपाने भने ज्यान जोगाउन सफल भए । उनैले ह त्यामा संलग्नहरुको पहिचान प्रहरीलाई गराएका हुन् । २७ पटक फोन गर्ने कपिलले आफूले ‘थ्रेट’ महसुस गरेपछि भुपेन्द्रलाई बोलाएको प्रहरीलाई जानकारी गराएका छन् ।
तर कुन समूह र कोबाट ख त रा थियो भन्ने उनले बताएका छैनन् । कपिलको भूमिका पनि प्रहरीको शंकाको घेरामा छ ।
एक प्रहरी अधिकारीले भने, “कपिलले कल गरेर जसरी पनि आउनु भन्ने कुरा रहस्यमय छ । ख त रा भए प्रहरीलाई जानकारी गराउने हो । हामी सबै पाटो केलाउने प्रयासमा छौं ।”
भुपेन्द्रको ह त्या गर्नुअघि नवीनको ५–७ जनाको समूहले एक होटलमा सँगै खाना खाएको खुलेको छ ।
प्रहरीलाई थियो ‘ग्याङ फाइट’को सूचना
भुपेन्द्रमाथि आ क्र म ण भएको दिन टीकापुरमा विभिन्न समूहबीच ग्याङ फा इ ट हुने सुचना प्रहरीले प्राप्त गरेको पाइएको छ । सोही सूचनापछि प्रहरीले एक समूहका पाँच जनालाई नियन्त्रणमा समेत लिएको देखिएको छ ।
तर नवीनको समूहले भुपेन्द्रमाथि आ क्र म ण गर्यो । भुपेन्द्र समूहमा पनि थिएनन् उनीसँग एकजना मात्रै साथी थिए ।
एक अधिकारीले भने,“अनुसन्धान जटिल छ । यो धेरै ठूलो अ प रा धि क गिरोह देखिन्छ । लामो समयदेखि नवीनको समूह टीकापुर, चिसापानी क्षेत्रमा गु ण्डा ग र्दी गर्दै आएको देखिन्छ । भुपेन्द्रको ह त्या कारण अनुसन्धानले पुष्टि गर्ला तर घेराबन्दीमा पारेर योजनावद्ध रुपमै उनको ह त्या गरेको देखिन्छ ।”
नवीनकै समूहले आइतबार चिसापानीमा नेपाली सेनाका मेजरमाथि समेत आक्रमण गरेको देखिएको छ । उनीहरुको आ क्र म णबाट मेजरको टाउकोमा चोट लागेको थियो भने गाडीमा समेत तो ड फो ड भएको थियो ।





















