चीनले भारतमा छिरेर हं गामा म च्चा एपछि भारतले चीनलाइ यस्तो भन्दै दियो कडा चे ता व नी

एजेन्सि –

अमेरिकी रक्षा विभागको रिपोर्टले भारत–चीनबीचको वि वा दि त क्षेत्रमा चीनले गाउँ बसाएको खुलासा गरेको थियो । भारतले यो गाउँ नै अ वै ध रहेको प्रतिक्रिया दिएको छ ।

यस कदमलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले पनि सीमासँग जोडिएका सीमावर्ती इलाकामा सडक र पुल लगायत पूर्वाधारको विकास निर्माण तिव्र बनाएको छ ।

‘चीनले पछिल्ला केही वर्षमा सीमावर्ती क्षेत्रसँगै ती क्षेत्रमा पनि निर्माण गतिविधिहरु सुरु गरेको छ । जसमाथि उसले दशकौंदेखि अ वै ध रुपमा क ब्जा जमाइरहेको छ,’ बागचीले भने ।

भारतले न यस्तो अवैध क ब्जालाई स्वीकारेको छ, न त चीनका अनुचित दा बीलाई नै मानेको छ ।

‘हामीले अमेरिकी रक्षा विभागको रिपोर्टबारे जानकारी लिएका छौं । जसमा भारत–चीन सीमा क्षेत्र र विशेषगरी पूर्वी क्षेत्रमा चीनद्वारा बनाइएका निर्माण गतिविधिबारे उल्लेख छ ।

’उनले चीनका यस्ता कदमहरूबारे राजनीतिक माध्यमबाट विरोध जनाएको र भविष्यमा पनि जनाइरहने बताए ।

चीनको तिब्बत स्वायत्त क्षेत्र र भारतको अरुणाञ्चल प्रदेश जोड्ने विवादित सीमा क्षेत्रमा चीनले सन् २०२० यता १ सयवटा घरहरु सहितको गाउँ बसालेको खुलासा ३ नोभेम्बरमा अमेरिकी रक्षा विभागका तर्फबाट जारी भएको रिपोर्टमा गरिएको थियो । 

तर, भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारत सरकारका प्रमुख सैन्य सल्लाहकार बिपिन रावतले यस मामिलामा फरक प्रतिक्रिया दिएका छन् । उनले चीनले आफ्नै अधिकार क्षेत्रमा रहेको गाउँमा पूर्वाधार निर्माण गरिरहेको बयान दिएका हुन् ।

‘उनीहरुले पूर्वाधार निर्माण गरिरहेका छन् र यो गाउँ एलएसीस्थित उनीहरुकै अधिकार क्षेत्रको हो । उनीहरुले एलएसीस्थित हाम्रो क्षेत्रको उल्लंघन कहिल्यै गरेनन् ।

धेरै तरिकाका धारणाहरू आएका छन् । एलएसी कहाँ छ भन्ने कुरालाई लिएर हामी हामी यो कुरालाई लिएर निकै स्पष्ट छौं । किनकि, हामीलाई एलएसीमा हाम्रो स्थिती कहाँ छ भनेर बताइएको छ ।

र, यो नै त्यो क्षेत्र हो, जसको सुरक्षाका लागि हामीसँग अपेक्षा गरिन्छ,’ द हिन्दू अखबारसँगको कुराकानीमा उनले भने ।

यो पनि : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकर्षण बढेको बताएका छन् । स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताए ।

‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको लहर चलेको छ’, अध्यक्ष नेपालको भनाइ थियो । डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अध्यक्ष नेपालले अन्यत्र पनि उस्तै लहर आएको बताए ।

नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको जानकारी दिए । शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित एक ब्यांक्वेटमा बैठक चलिरहेको छ ।

‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ’, प्रवक्ता जगनाथ खतिवडाले भने । स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् । मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...