सल्यान –
सल्यानका एक जना जनप्रतिनिधिले आफूविरु’द्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई सेवा प्र’तिब’न्धमा रोक लगाएका छन् । यस्तो प्र’तिब’न्ध लगाउने बागचौर नगरपालिका–४ का वडाअध्यक्ष प्रेमबहादुर पुन हुन् ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले सोही वडाको सिमाखोली भन्ने ठाउँका दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गराएका हुन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिलाई समेटेर ‘छोटे राजा’ संज्ञा दिइ चरित्रह’त्या गर्ने काम भएको उनको भनाइ छ ।
‘अदालतमा ती युवाका भाइको एउटा मु’द्दा परेको थियो,’ वडाध्यक्ष पुनले भने, ‘अनि म कतै नजोडिएको मान्छे त्यसरी नाम आएकाले प्रत्युत्तरमा यसो भनिएको हो । अझ, छोटे राजा भन्ने शब्दलाई नै लिएर हामीले प्रत्युत्तरमा यसो भनेका हौं ।’
उनले वडाबाट दिइने सेवामै प्र’तिब’न्ध लगाएको कुरामा भने आफूलाई पनि ‘ग ल्ती’ महसुस भएको सुनाए । आ’वे’गमा आएर यसो भनिए पनि आफूले कुनै प्र’ति’ब’न्ध नलगाएको उनको भनाइ छ ।
यो पनि : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सचिवालय हेरफेर गरेका छन् । प्रचण्डको सचिवालय प्रभावकारी बनाउन पार्टीभित्रैबाट सुझाव आएअनुसार हेरफेर गरिएको बताइएको छ ।
हालै सम्पन्न स्थायी कमिटी बैठकबाटै प्रचण्डको सचिवालयमा रहनेहरू हेरफेर गर्ने निर्णय भएको थियो । सोहीअनुसार आज स्वकीय सचिवको जिम्मेवारी पार्टीका युवा नेता रमेश मल्ललाई दिइएको छ ।
यस्तै हालसम्म प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर मल्ललाई प्रदेशतर्फ सरुवा गरिएको छ । उनलाई लुम्बिनी प्रदेशको सहइन्चार्जको भूमिका दिइएको छ ।
यसैगरी हाल प्रेस संयोजकको भूमिकामा रहेका विष्णु सापकोटालाई पनि प्रेस सेन्टरतर्फ केन्द्रीत गर्ने निर्णय भएको छ । हाललाई नयाँ प्रेस संयोजक कसलाई राख्ने भन्नेबारे भने नयाँ निर्णय भएको छैन ।
यस्तै सचिवालयमा प्रचण्डको छोरी गंगा दाहाल पनि रहेकी छिन् । प्रचण्डले सचिवालयलाई प्रभावकारी बनाउन पुनःसंरचनाको पहल थालेको बताइएको छ ।
पछिल्लो समय सचिवालय प्रभावकारी हुन नसकेको गुनासोसहित व्यवस्थित बनाउन प्रचण्डलाई नेता कार्यकर्ताले सुझाव दिँदै आएका थिए ।
हेर्नुहोस प्रेश विज्ञप्ति :






















