यस्तो भन्दै माधवकुमार नेपालले प्रधानन्यायाधीशको प्रशंसा गरेपछि सबै चकित

विराटनगर –

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गरेका छन् । संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको भन्दै उनले प्रधानन्यायाधीशको प्रशंसा गरे ।

विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरै नगर्नुहोस्, राम्रो काम गर्ने प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, बुद्धिजीवि, पत्रकार र उहाँलाई साथ नदिने सबैको ओलीजी बिरोधी हुनुहुन्छ ।’

अध्यक्ष नेपालले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने भन्दै न्यायालय समवेदनशील निकाय भएको बताए । उनले न्यायालयमा देखिएको समस्या हल गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास गरिरहेको हुनसक्ने बताए ।

तर न्यायालयको बारेमा पाँच दलीय गठबन्धनभित्र यस विषयले प्रवेश नपाएको नेता नेपालको भनाइ थियो । उनले राष्ट्रियसभा निर्वाचन तथा अन्य रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेलाई नराम्ररी पराजित गर्ने दाबी समेत गरे ।

गठबन्धन दलहरुले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनले बताए । उनले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आगामी चुनावसम्म कायम हुने दाबीसमेत गरे ।

यो पनि : नेपाल आयल निगमले शून्य नाफा र शून्य घाटाको नीति लिनु पर्नेमा सरोकार वालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ -नाफिज)ले बिहीबार आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दावी निगमले गरेको थियो । भने कार्यक्रमा सहभागी प्रमुख दलका विद्यार्थी नेताहरुले बढेको मूलय नघटाए निगम बिरु’द्ध कडा आन्दोलन गर्ने चे’ता’व’नी दिए । यस्तै अन्र्तक्रियामा सहभागी विज्ञहरुले निगम र सरकारको दो’षहरु औंल्याएका थिए ।

कार्यक्रमा बोल्दै नेपाल आयल निगमका नायव प्रवन्ध निर्देशक नागेन्द्र शाहले निगमले मूल्यवृद्धि नभएर समायोजन मात्रै गरेको दावी गरे । उनले भने, ‘सबै इन्डिकेटर अटोमेकिट छ, निगमको प्रशासनिक खर्च जम्मा ०.४८ प्रतिशत हो, बाँकी हाम्रो नियन्त्रणमा छैन ।’ निगम वाषिर्क ५३ अर्ब रुपैयाँ नोक्सानमा जाने देखिएपछि मूल्य बढाउनुको विकल्प नभएको उनको भनाइ थियो ।

स्वचालित मूल्य समायोजनको नाममा पटक पटक मूल्यवृद्धि गरेर जनतालाई अप्ठ्यारोमा पारेको समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आ’रो’प लगाए । निगमको निर्णयबाट जनताले दुःख पाएको भन्दै उनले कर हटाएर भएपनि सरकारले जनतालाई राहत दिनुपर्नेमा जोड दिए ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आयल निगमले मूल्यवृद्धि गरिरहँदा आयल निगमका प्रबन्ध निर्देशकले पदमा बसिरहन नमिल्ने टिप्पणी गरे । मूल्यवृद्धि तत्काल फिर्ता आग्रह गर्दै उनले भने, मूल्य वृद्धिले सबै नेपाली रोइरहेका छन्, यो निर्णय तत्काल फिर्ता गर्नुपर्छ ।’ अध्यक्ष पराजुलीले निगमले प्रस्तुत गरेको डाटा तथ्यांक नभएर झु’टको पुलिन्दा भएको आ’रो’प पनि लगाए ।

यस्तै अखिल क्रा’न्ति’का’रीका अध्यक्ष पञ्चा सिंहले निगमलाई घाटाको व्यापार गर्न छुट नभएको बताइन् । सम’स्याहरूको समाधान पनि छ भन्ने ठाउँमा देश उभिएको भन्दै उनले जनतालाई सरकार र निगमले झु’क्याउन नमिल्ने बताइन् । जनताको चुल्होमा बल्ने ग्यास एकैपटक ७५ रुपैयाँले किन बढ्छ भन्दै उनले निगमसंग प्रश्न पनि गरिन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले स्वचालित मूल्य प्रणाली स्वचालित नभई स्वेच्छाचारिक भएको टिप्पणी गरे ।

उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि निर्शत र अविलम्ब घट्नुपर्नेमा जोड दिए । अर्थविद् डा. अच्युत वाग्लेले आयल निगमको स्वामित्व सरकारले छाड्नुपर्नेमा जोड दिए । निगमन राखिराख्नुमा ठूलो राजनीतिक स्वार्थ रहेको उनले टिप्पणी गरे ।

निगम जस्ता घाटामा रहेका सार्वजनिक संस्थानहरू खारेजी वा निजीकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘निगममा स्वचालित मूल्य समायोजन गर्नका लागि जिरो प्रोफिट एभ्रीडे, जिरो लस एभि्रडे, एभ्री फिफ्टिन डेज्  बनाउनुपर्छ ।’ कर घटाउने कुरा उच्च मध्यम वर्ग र उच्च वर्गको हित हुने बताउँदै उनले यसो गर्न नहुने बताए ।

उनले भने, ‘दवाव समूह पनि उच्च मध्यम वर्ग र उच्च वर्गको हतियार भए, त्यसकारण कर त बढाउनुपर्छ, घटाउने हैन । बरु करको सदुपयोग गर्नेतर्फ ध्यान दिऔं ।’

विभिन्न शीर्षकमा उठाइएका करहरू जनतालाई प्रत्यक्ष लाभ हुने विषयमा लगाउनतर्फ उनले जोड दिए । पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनको नारासँगै ग्यास चुल्होलाई विस्थापन गर्ने पूर्वाधार विकास गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

‘प्रदू’षण नियन्त्रण कर जनताको घरको तार फेरेर इन्डक्सन चुल्हो बल्ने बनाउन तर्फ लाग्नुपर्छ, जनताले पाइरहेको दुःख र असहज स्थितीप्रति संवेदनशील हुनुपर्छ,’ उनले भने ।

अर्का अर्थविद् डा. विश्वास गौचनले भने तथ्यांकलाई आधार मान्ने हो भने पेट्रोलियम पदार्थको मूल्य स्वभाविक भएको बताए । उनले निगमलाई घाटामा पठाउनु उपयुक्त नहुने बताउँदै पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘अहिले मूल्यवृद्धि अन्तराष्ट्रिय मुल्यवृद्धि र डलरको भाउमा भएको वृद्धिले अ’सर पारेको हो । कुन पार्टीको सरकार, भन्ने कुराले यसमा अर्थ राख्दैन ।’

पूर्ववाणिज्य सचिव केदारबहादुर अधिकारीले सबै किसिमका मूल्यवृद्धिले आम नागरिकलाई असहज बनाएको बताए । उनले भने, ‘अहिलेको मूल्यवृद्धि फिगर हेर्दा बाध्यता जस्तो देखिएको छ, यसमा अर्थविद्हरू पनि सहमत नै छन् । डाटामा आयात र उपयोगको ग्रोथ दुवै बढेको छ, यसको कारण खोजिनुपर्छ, औद्योगिक उत्पादन बढेर नै यो बढेको हो ? यसो हो भने राम्रो हो । तर व्यक्तिगत जीवनमा खर्च भएको हो भने यसलाई नियन्त्रणमा लिनुपर्छ ।’

पूर्वाधार कर हटाएर सरकारले सहुलियत दिनुपर्नेमा समेत उनको जोड छ । उनले डिजेलको मूल्य वृद्धिले सबै प्रकारको मूल्यवृद्धि सिर्जना गर्ने बताउँदै यसमा बढी संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘यसमा अर्थमन्त्रालय, वाणिज्य मन्त्रालयले मेकानिजम बनाएर नै लाग्नुपर्ने देखिन्छ ।’

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले तथ्यांक निगमको वास्तविक अवस्था भएको भन्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बाध्यता भएको दावी गरे । घाटा पूर्ति गर्न आयल निगमले बैंकहरूबाट पैसा झिकिरहेको बताउँदै उनले  सरकारले नै यसलाई व्यवस्थित बनाउन लाग्नुपर्ने सुनाए ।

उनले निगमका कर्मचारीले २०५८ देखि बोनस नखाएको भन्दै आफूहरु इतिहासमा कलं’कित हुन नचाहेको धारणा राखे । उनले पेट्रोलियम पदार्थको जबसम्म विकल्प हुँदैन, तबसम्म मूल्य समायोजनको विकल्प नहुने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले आफ्नो देशको उत्पादन नहुँदा समस्या भएको सुनाए । राजस्व रणनीतिअनुसार नै राजश्व उठाइएको भन्दै उनले नेपालमा भारतकै तुलनामा पनि  पेट्रोलियम पदार्थ सस्तो रहेको बताए ।

उनले निगमले देखाएको तथ्यांक हेर्दा यो बाध्यता नै रहेको दावी गरे । अहिलेको बाध्यकारी अवस्थालाई सबैले सकारात्मक रुपमा लिनुपर्ने सुनाए । उनले भने, ‘सबैले यो बाध्यकारी अवस्थालाई सकारात्मक रुपमा नै लिनुपर्छ जस्तो लाग्छ, विरोध मात्रै गरेर झन् सम’स्या सिर्जना हुन्छ । मूल्यवृद्धि गर्नु कुनै हालतमा राम्रो होइन, तर वास्तविकतालाई पनि ध्यानमा दिनुपर्छ ।’

इन्धनको आपूर्तिलाई कम गराएर विजुली बढी खपत गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले  भने, ‘आफ्नै देशमा उत्पादन हुने जलविद्युतको प्रयोग बढाउन सरकारले रणनीति बनाइसकेको अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...