अर्घाखाँचीका १८ बर्षे यि युवाले बनाए विद्युतीय मोटरसाइकल, यति छिटो कुद्ने भएपछि सबै दंग

अर्घाखाँची –

अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् । 

जिल्लाको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी १८ बर्षीय सागर पोखरेलले ४५ देखि ५० को किमी गतिमा चल्ने विद्युतीय मोटरसाइकल बनाएर विहिबार सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहका बिच प्रदर्शन गरे ।

प्रदर्शन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल लगायतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले  स्वतःस्फूर्त प्रतिभाका धनी पोखरेलको प्रशंंसा गरेका थिए ।

पोखरेलले ७ सय ५० वार्ड क्षमताको मोटर प्रयोग गरी मोटरसाइकल तयार गरेको र आरपिएम ४५० प्रतिमिनेट क्षमताको रहेको बताए । उनले गत एक बर्षदेखि विभिन्न सामग्री प्रयोग गरी मोटरसाइकल बनाउन सिकेको र धेरैपटक बनाउँदै बिगार्दै गरेर अभ्यस्त भएको सुनाए ।

उनी हाल बुटवलको देवीनगरचोकस्थित नविन औद्योगिक केदारबहादुर रिता सेकेन्डरी हाईस्कुलमा कक्षा १२ मा ओभरसियर पढ्दैछन् । यसअघि छत्रदेव गाउँपालिका–७, भुस्खतास्थित सरस्वती  माविमा कक्षा ९ र १० मा  ओभरसियर पढ्न सुरु गरेका थिए । 

पछिल्लो चरण दशैं तिहारको विदामा घर आएको बेला निरन्तर लागी परेर मोटरसाइकल तयार गर्न सकेको बताउने उनी, सरकारी निकाय वा कुनै संघ संस्थाले सहयोग गरेमा व्यवसायिक रुपमा यस्तो प्रविधिको मोटरसाइकल उत्पादन गरेर बजारमा लैजान सक्ने बताउँछन् ।  
 
सागरले सानैदेखि  एक्साभेटर, रोवर्ड, भ्याकुम क्लिनर, पावर प्लान्ट, फ्रिज लगायतका ईलोक्ट्रोनिक सामग्री बनाउँदै आएको सुनाए । उनका बाबु अनन्तमणि पोखरेलले छोराले सानैदेखि सिर्जनशील काम गर्न रुची राख्दै आएको बताए । 

यो पनि : स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई कोभ्यास सुविधा अन्तर्गतको खोप हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै स्विस राजदूत एलिजावेथ भोन केप्लरले नेपाल र स्वीट्जरल्याण्डबीचको ६२ वर्षे मित्रता र एकताको भावनालाई यस खोपले प्रतिनिधित्व गरेको बताइन् ।

‘यस्तो समयमा हामीले हामी एकजुट छौं र सं’क’टबाट निस्कनका लागि एकअर्कालाई सहयोग गर्नसक्छौं भन्ने बुझ्यौं ।

यो खोपले नेपालीको जीवन जोगाउने मात्रै नभएर नेपालको आर्थिक–सामाजिक जीवनमा सुधार ल्याउन पनि भूमिका खेल्छ,’ उनले भनिन्,‘विश्व स्वास्थ संगठन (डब्ल्युएचओ), गाभी, सिईपीआई, युनिसेफ र नेपाल सरकारको सहकार्यमा यो उपलब्धि हासिल भएको छ ।’

को’रो’ना म’हा’मा’री सुरु भएयता स्वीट्जरल्याण्डले नेपाललाई पिसिआर परीक्षण किट, मेन्टिलेटर्स, अक्सिजन कन्सन्ट्रेटर्स लगायत अत्यावश्यक सामाग्रीहरु सहयोग गर्दै आएको छ । 

स्विटजरल्यान्डले अप्रिल २०२० देखि नेपाललाई पिसिआर परीक्षण किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

स्विटजरल्यान्डले हालसम्म को’भि’ड– १९ नियन्त्रणका लागि नेपालमा २० मिलियन अमेरिकी डलर विनियोजन गरेको स्विस राजदूतावासले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...