अब इन्टरनेटविनै ह्वाट्सएपमा कल गर्न पाउने, हेर्नुहोस यस्तो छ नयाँ फिचर्स

एजेन्सी –

सामाजिक सञ्जाल ह्वाटस एपले खुसिको खबर ल्याएको छ ।

सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् ।

यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने छैन ।

अर्थात् अब एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपमा मल्टी डिभाइस फिचरको प्रयोग गर्न पाउनेछन् र त्यसका लागि प्राथमिक स्मार्टफोनमा ह्वाट्सएप अनलाइन राख्नुपर्ने छैन ।

ह्वाट्सएपका अनुसार अब प्रयोगकर्तालाई प्राथमिक स्मार्टफोनको आवश्यकताविनै अन्य उपकरणहरूमा ह्वाट्सएप लिंक गर्ने अनुमति दिनेछ ।

प्राइमरी स्मार्टफोनविनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर पनि परीक्षणको चरणमा अर्थात् बेटा स्टेजमा रहेको छ । यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्पमा बेटाको रुपमा दिइएको छ ।

कम्पनीका अनुसार यस फिचरमा प्रयोगकर्ताको डाटाको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । जस अनुसार यस अप्सनलाई सक्रिय गर्ने बित्तिकै सबै डिभाइस अनलिंक हुनेछन् भने पुनः लिंक गरेपछि मात्र प्रयोगकर्ताले यसलाई पहिलेकै रुपमा प्रयोग गर्न पाउनेछन् ।

म्यानुअल्ली लगआउट नगरेमा लिंक गरिएक डिभाइसहरू १४ दिनसम्म मेसेज प्राप्त गर्न तथा पठाउन सक्षम हुनेछन् ।

यो पनि : कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले आफूले जीतु नेपाल र ‘मुन्द्रेको कमेडी क्लब’ लाई धो’का नदिएको बताएका छन् ।

‘मुन्द्रेको कमेडी क्लब’ बन्दको बिषयमा आफ्नो नाम मुछिन थालेपछि उनले ब’न्द हुनुको कारण आफू नभएको स्पष्ट पारेका हुन् । लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट ब’न्द भएको छ ।

कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार पत्रकार भेटघाट गर्दै शो ब’न्द गरेका थिए ।  कार्यक्रममा निर्माण संस्था कि एभरटाइजमेन्ट र शोका मुख्य कलाकार उमेश राई ‘फुलन्देकी आमा’ को कारण शो ब’न्द गर्नुपरेको जीतुले गुनासो पोखेका थिए ।

सोही कार्यक्रममा जीतुले उमेशले आफ्नो कार्यक्रम रहँदै अर्काे कार्यक्रममा जानु ग’ल’त भएको भन्दै आफूलाई उनले धो’का दिएको रुपमा धारणा राखेका थिए ।

एउटै एजेन्सीको काम भएकोले आफूले अर्काे कार्यक्रममा पनि सहभागी भएको राईले बताए । ‘मैले जीतु दाईलाई सोध्न जरुरी ठानिनँ । किनभने कार्यक्रमको बिषयमा एजेन्सीसँग जीतु दाईको पहिलै कुरो भैसकेको थियो ।

यस्तो कार्यक्रम आयो भने गर्दा हुन्छ भनेर उहाँले भन्नुभएको रहेछ’ राईले भने, ‘अहिले एकोहोरो कुरा गरेर मलाई नराम्रो गराइएको छ ।’ आफू यस अगाडि डान्सिङ स्टारमा जाँदा भने जीतुले आपत्ति नजनाएको राईले बताए ।

‘यस अगाडि अर्काे कार्यक्रममा जाँदा उहाँलाई पहिले आपत्ति भएन । अहिले किन भयो यो मैले बुझ्न सकिनँ,’ राईले थपे, ‘फरक कार्यक्रम र आफ्नो होस्टिङ स्केल पनि बढ्ने देखेर कार्यक्रममा भाग लिएको हुँ ।’ 

‘बाहिरको कार्यक्रमबाट अफर आएको भए म १० चोटी सोच्थेँ । मैले जीतुलाई धो’का दिएको पनि होइन र दिन्न थिएँ,’ राईले अगाडि भने, ‘मैले दुबै कार्यक्रम गर्छु । राम्रो कार्यक्रम ब’न्द नगरौं भनेर निकै अनुरोध गरेको थिएँ ।

उहाँले दुईटा कार्यक्रममा एउटा कलाकार हुँदै हुन्न भन्नुभयो ।’ अर्काे कलाकार लिएर कार्यक्रम गर्नसमेत आफूले अनुरोध गरेको तर जीतु दाइले नमानेको राईको भनाई छ ।

राई ‘मुन्द्रेको कमेडी क्लब’मा पहिलो भाग देखि नै जोडिएका कलाकार हुन् । उनी कार्यक्रममा ‘फुलन्देकी आमा’ को गेटअपमा थिए । शो मा अध्यक्षको भूमिकामा अभिनेत्री करिश्मा मानन्धर रहेकी थिइन् भने राजाराम पौडेल, राजेन्द्र नेपाली, लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...