नयाँ प्रधानसेनापति नयाँ स्टाइलमा किन जादैछन् भारत ? यस्तो रहेछ कारण

काठमाडौं –

प्रधानसेनापति प्रभुराम शर्मा नयाँ स्टाइलमा मंगलबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भारत भ्रमणमा जाँदा शर्माले सेनाको इन्डोनेशिया निर्मित आफ्नै कासा जहाज प्रयोग गर्ने भएका हुन् । प्रधानसेनापति शर्मा भोली बिहान सबेरै नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भारतका सेनाध्यक्ष एमएम नरवणेको  निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले  भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।

उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा सेनापति शर्माले सम्भवतः भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट भारतीय सेनाको मानार्थ सेनापतिको उपाधी ग्रहण गर्ने कार्यक्रम छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।  

नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा  पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

दुई देशवीच यस्तो मित्रता लामो समयदेखि चल्दै आएको हो । ०७२ को ना’काव’न्दी खोल्नमा पनि दुई देशका सेनाको महत्वपूर्ण भूमिका थियो ।

टोलीमा सबै जना गरेर बढीमा १५ जना हुनेछन् । तीमध्ये अधिकांश सेनापतिको सचिवालयका टीम मेम्बर हुन् । अहिले जंगी अड्डामा भारत भ्रमणमा जाने टोलीको बिदाइ कार्यक्रम राखिएको छ ।

आज सेनाको श्रीमती संघ स्थापना दिवस पनि हो । स्वर्गीय रानी ऐश्वर्यको जन्मदिनको अवसरमा पहिलादेखि नै संघको वार्षिकोत्सव मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...