बेलायत सर्न लागेको खबरको भारतीय व्यापारी मुकेश अम्बानी र अम्बानी परिवारले खण्डन गरेको छ । पछिल्लो समय अम्बानी परिवार बसाईँ सर्न लन्डनमा ३ सय एकर जमिन किनेको विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए।
सो समाचार आधारहीन भएको भन्दै अम्बानी परिवार सर्न नलागेको रिलायन्स ग्रुपले शुक्रबार विज्ञप्ति मार्फत बताएको हो।
‘भर्खरै पत्रपत्रिकामा अम्बानी परिवार लन्डन सर्न लागेको भनेर आधारहीन तथा तथ्यहीन समाचार प्रवाह गरेर सामाजिक सञ्जालमा अनुमानका भरमा सम्प्रेषण भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अम्बानी परिवार लन्डन वा संसारको कुनै पनि स्थानमा अहिले सर्ने योजना नबनाएको भनिएको समाचार एनडीटिभीमा छ।
किन अम्बानी परिवारले किन्यो लन्डनमा ३ सय एकर जमिन ?
दक्षिण एसियाका सबभन्दा धनी व्यक्ति तथा रिलायन्स ग्रुपका अध्यक्ष मुकेश अम्बानी परिवार अहिले मुम्बईस्थित ४ लाख वर्गफिटमा फैलिएको घरमा बस्दै आएको छ। सो परिवारले हालसालै बेलायतको लन्डनमा ३ सय एकर जमिन किनेको सार्वजनिक भएको छ।
आखिर किन अम्बानी परिवारले किन्यो त जमिन ?, रिलायन्स ग्रुपले प्रकाशित गरेको विज्ञप्तिमा खेलकुद रिसोर्टको सेवा विस्तार तथा विस्तारका लागि सो जग्गा खरिद गरिएको बताइएको छ।
‘जग्गा प्राप्तिले समूहको तीव्र रूपमा बढिरहेको उपभोक्ता व्यवसायलाई बढावा दिनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘क्रमैसँग यसले भारतको आतिथ्यता सत्कार उद्योगको छाप संसारभर फैलाउनेछ।’
यो पनि पढनुहोस : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई उडान गराएरै छाड्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्ड राज्यपरिषद्ले काउडेनबिथमा गरेको स्वागत कार्यक्रममा मन्त्री आलेले का’लो’सू’ची हटाउनका लागि वेलायत सरकारसँग छलफल गरेको र त्यसमा सकारात्मक जवाफ पाएको बताए ।
‘ब्ल्या क लिस्टबाट हटाउन सकियो भने पर्यटन बढाउन सकिन्छ भनेर म यहाँ आएको हुँ’, मन्त्री आलेले भने, ‘त्यसका लागि बेलायतीमन्त्री र अन्य अधिकारीसँग औपचारिक–अनौपचारिक छलफल गरेको छु, सकारात्मक जवाफ पाएको छु । अब ध्वजावाहक हवाइजहाज लिएरै वेलायत आउँछु ।’
बेलायत युरोपेली संघबाट बाहिरिइसकेकाले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई सेवा सुरु गर्न नेपाल सरकारले वेलायत सरकारलाइ आग्रह गरेको बताए ।
मन्त्री आलेले बेलायतको ‘हाउस अफ लर्डस्’ की सांसद् ब्यारोनेस वर्मासँग प्रतिबन्ध फुकुवाकै लागि दुई पटक वार्ता गरिसकेको र मन्त्रालयका तर्फबाट आइकाओलाई पत्राचार गर्नेसमेत बताए ।
यसअघि स्कटल्याण्ड राज्यपरिषद्ले केही दिन अघि कोप २६ मा भाग लिन आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सिधा उडानका लागि ध्यानाकर्षण पत्र दिएको थियो ।
‘पर्यटनमन्त्रीज्यूले सिधा उडानको बाटो खुल्ने आश्वासन पाएको बताउनुभएको छ’, स्कटल्याण्ड राज्यपरिषद्का अध्यक्ष काशीराम भण्डारीले भने, ‘का’लो’सू’ची हट्ने बित्तिकै नेपालको महत्व बढ्नेछ ।’
हवाई अ’सुरक्षाको कारण देखाउँदै बेलायतले करिब आठ वर्षदेखि सिधा उडानमा प्रतिबन्ध लगाएको छ ।
गैरआवासीय नेपाली संघ, युकेका उपाध्यक्ष मोहन कार्कीले सिधा हवाई उडान खुला भए नेपाल–बेलायतबीच पर्यटन प्रवद्र्धन हुनुका साथै भूतपूर्व गोर्खा लगायत बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई सहज हुने मन्त्री आलेले ध्यानाकर्षण गराए ।
एनआरएनए स्कटल्याण्ड राज्यपरिषद्का अध्यक्ष भण्डारीले नेपालको पर्यटन प्रवद्र्धन र प्रचारका लागि आफूहरू तयार भएको मन्त्री आलेसँग बताए ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्यटन बढाउनकालागि सघाउन एनआरएनएसँग आग्रह गरे । ‘नेपालको पर्यटन बढाउन तपाईँहरूको ठूलो भूमिका रहेको म देख्छु’ , सचिव कोइरालाले भने, ‘तपाईँहरूसँग भएको स्रोत साधनको प्रयोग गर्दै नेपालको पर्यटनमा सघाउनुस् ।’