काठमाडौ –
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई उडान गराएरै छाड्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्ड राज्यपरिषद्ले काउडेनबिथमा गरेको स्वागत कार्यक्रममा मन्त्री आलेले का’लो’सू’ची हटाउनका लागि वेलायत सरकारसँग छलफल गरेको र त्यसमा सकारात्मक जवाफ पाएको बताए ।
‘ब्ल्या क लिस्टबाट हटाउन सकियो भने पर्यटन बढाउन सकिन्छ भनेर म यहाँ आएको हुँ’, मन्त्री आलेले भने, ‘त्यसका लागि बेलायतीमन्त्री र अन्य अधिकारीसँग औपचारिक–अनौपचारिक छलफल गरेको छु, सकारात्मक जवाफ पाएको छु । अब ध्वजावाहक हवाइजहाज लिएरै वेलायत आउँछु ।’
बेलायत युरोपेली संघबाट बाहिरिइसकेकाले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई सेवा सुरु गर्न नेपाल सरकारले वेलायत सरकारलाइ आग्रह गरेको बताए ।
मन्त्री आलेले बेलायतको ‘हाउस अफ लर्डस्’ की सांसद् ब्यारोनेस वर्मासँग प्रतिबन्ध फुकुवाकै लागि दुई पटक वार्ता गरिसकेको र मन्त्रालयका तर्फबाट आइकाओलाई पत्राचार गर्नेसमेत बताए ।
यसअघि स्कटल्याण्ड राज्यपरिषद्ले केही दिन अघि कोप २६ मा भाग लिन आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सिधा उडानका लागि ध्यानाकर्षण पत्र दिएको थियो ।
‘पर्यटनमन्त्रीज्यूले सिधा उडानको बाटो खुल्ने आश्वासन पाएको बताउनुभएको छ’, स्कटल्याण्ड राज्यपरिषद्का अध्यक्ष काशीराम भण्डारीले भने, ‘का’लो’सू’ची हट्ने बित्तिकै नेपालको महत्व बढ्नेछ ।’
हवाई अ’सुरक्षाको कारण देखाउँदै बेलायतले करिब आठ वर्षदेखि सिधा उडानमा प्रतिबन्ध लगाएको छ ।
गैरआवासीय नेपाली संघ, युकेका उपाध्यक्ष मोहन कार्कीले सिधा हवाई उडान खुला भए नेपाल–बेलायतबीच पर्यटन प्रवद्र्धन हुनुका साथै भूतपूर्व गोर्खा लगायत बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई सहज हुने मन्त्री आलेले ध्यानाकर्षण गराए ।
एनआरएनए स्कटल्याण्ड राज्यपरिषद्का अध्यक्ष भण्डारीले नेपालको पर्यटन प्रवद्र्धन र प्रचारका लागि आफूहरू तयार भएको मन्त्री आलेसँग बताए ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्यटन बढाउनकालागि सघाउन एनआरएनएसँग आग्रह गरे । ‘नेपालको पर्यटन बढाउन तपाईँहरूको ठूलो भूमिका रहेको म देख्छु’ , सचिव कोइरालाले भने, ‘तपाईँहरूसँग भएको स्रोत साधनको प्रयोग गर्दै नेपालको पर्यटनमा सघाउनुस् ।’
यो पनि पढनुहोस : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् ।
एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषले देशभरि तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।
देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताए ।
‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एउटा महाँ बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।
’एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै प्रचण्डले अगाडि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं ।
समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि प्रश्न उठेको प्रचण्डले बताए ।
उनले भने, ‘अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने चाहिँ हुँदैन । अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो ।
तर, यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरुमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो ।’
माओवादी अध्यक्ष प्रचण्डले थपे, ‘त्यतिबेला हामी पनि सरकारका थियौं । शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा पार्लियामेन्टमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसका पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो र यो विवाद बन्न आएको हो ।’
सत्ता गठबन्धनका नेता प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुनेमा जोड दिँदै भने, ‘यसको समाधान पनि ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन, बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्वोधन नगरिकन यसलाई पारित गर्न सकिँदैन ।’
एक अर्को प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै जाने र चुनावमा सकेसम्म तालमेल गरिने बताए । उनले भने, ‘ हिजो प्रधानमन्त्रीजीले पनि त भनिसक्नुभएको छ, यो गठबन्धन चुनावसम्म जान्छ, यो गठबन्धन राम्रैसँग जान्छ । यसैले चुनाव गराउँछ । चुनावमा हामी सकेसम्म तालमेल गरेर जान्छौं ।’
यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । उनले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताए ।
उनका अनुसार नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु सच्याइएमात्रै एमसीसी पारित गर्न पार्टीले सघाउने छ ।
‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्,
‘यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’ उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरेका छन् ।





















