ह्वात्तै घट्यो को’रो’ना संक्र’मित, आज मुलुकभर संक्र’मित कति थपिए ? र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ८३ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा २ हजार ३ सय ७ जनाको पिसिआर र २ हजार ५ सय ३७ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ सय ८३ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ६ सय ४९ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ६ सय ४९ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्र’मितको संख्या ८ हजार ४१३ जना रहेका छन् ।

जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । को’रो’नाका बि’रा’मीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २ बालबालिकामा को’रो’ना संक्र’मण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२ जना को’रो’ना संक्र’मित थपिएका छन् ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोप फेरि एकपटक को रो ना म हा मा रीको केन्द्र बन्न सक्ने चे’ता’व’नी दिएको छ ।

डेल्टा भेरियन्टका कारण सं’क्रम’ण दर बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठनले ग’म्भी’र चे’ता’व’नी दिएको छ ।

संक्र’मित मानिस बढ्न थालेपछि फेब्रुअरीसम्म ५ लाखले को’भि’ड-१९ का कारण ज्यान गु’मा’उने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक वरिष्ठ अधिकारीले बताएका हुन् ।

बिहीबार पत्रकार सम्मेलनमार्फत् डब्लूएचओको युरोप कार्यालयका प्रमुख हान्स क्लुजेले युरोपमा पुन: को’भि’ड-१९ फैलिन थालेको भन्दै फेब्रुअरीसम्म थप ५ लाख मानिसको मृ त्यु हुने बताए । युरोपेली मुलुकमा जारी संक्र’मणको गति ग’म्भी’र चि’न्ताको विषय भएको पनि उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणअनुसार एक हप्ताभित्रै को’भि’ड संक्र’मणपछि अस्पताल भर्ना हुने मानिसको संख्या दोब्बरले बढ्न थालेको छ । बढी संक्रा’मक मानिने डेल्टा भेरियन्टका कारण संक्र’मण दर बढ्न थालेको हो ।

डब्लूएचओले बुधबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा लगातार पाँचौं हप्तादेखि युरोपमा को’भि’डका बिरामी बढिरहेको उल्लेख छ ।

हाल युरोपको संक्र’मण दर विश्वकै खराब रहेको छ । बेलायत, रुस, टर्की र रोमानियामा संक्र’मण दर ह्वात्तै बढ्न पुगेको छ । औसतमा १ लाख परीक्षण हुँदा १९२ जनामा को’रो’ना संक्र’मण पुष्टि भएको पाइन्छ । जुन दर उत्तर र दक्षिण अमेरिकामा ७२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...