एजेन्सी –
चीनमा शक्तिशाली नेताहरुको व्यक्तिगत जीवनका भित्री पाटाहरु सायदै बाहिर आउने गर्छन् । बाहिरी दुनियाँमा नेताहरुको विलासी जीवन सायदै बाहिर आउँछ ।
सेवामा रहँदा वा नरहँदा पनि उनीहरु सम्म पुग्ने सम्भावना कमजोर हुनेगर्छ । त्यसैले पनि यस्ता तथ्य सायदै खुल्छन् । यसपटक एकजना चीनका शक्तिशाली नेताको यौ न प्र क र ण खुलेको छ ।
ती नेता हुन् चीनका पूर्व उपप्रधानमन्त्री तथा कम्युनिस्ट पार्टीका सात शक्तिशाली नेतामध्येका एक झाङ गाओली । उनको यौ न प्र क र ण एकजना पी डि त ले खुलाएकी छिन् जो टेनिस स्टार हुन् ।
गाओली राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिन्थे । सन् २०१३ देखि २०१८ सम्म उपप्रधानमन्त्री बनेका गाओली कम्युनिस्ट पार्टीबाट सन्यासमा छन् । ७५ वर्षीय गाओली शक्तिमा छँदा गरेको यौ न र्दु व्य व हा र सन्यासमा बस्दा खुलेको छ ।
गाओलीमाथि चिनियाँ टेनिस स्टार पेङ सुईले से क्स प्रस्ताव राखेको र र्दु व्य व हा र गरेको आ रो प लगाएकी छिन् । चिनियाँ सामाजिक सञ्जाल विबोमा उनले सनसनीपूर्ण खुलासा गरेकी हुन् ।
विबोमा सुईले गरेको पोष्टमा गाओलीले यौ न सम्बन्ध राख्न द बा ब दिएको उल्लेख गरेकी छिन् । पोष्ट भाइरल भएपछि विबोले सुईलाई खोज्न नसकिने बनाइदिएको छ ।
सुईले लामो पोष्ट गर्दै आफूमाथि भएको र्दु’व्यव’हा’रबारे खुलाएकी हुन् । १६०० शब्दको पोष्टले सँसारभर चर्चा कमाएको छ । वास्तवमा सुईको झाङसँग १० वर्ष अघि नै यौ नस म्प र्क भएको थियो ।
दुवैबीच भित्री सम्बन्ध रहेपनि बीचमा टु’टेको थियो । तर, झाङ फेरि सुईसँग सम्पर्कमा रहन खोजे । उनले टेनिस खेल्ने बहानामा घरमै आए । यौ न सम्बन्धको प्रस्ताव राखे । सुईले पोष्टमा लेखेकी छिन्ः किन मसँग फर्केर आयौं । मसँग यौ न सम्बन्ध राख्ने हो भने घरमै लगेर द;बा;बमा राख ।
उक्त घटनापछि सुईले आफू साँच्चै मान्छे हो कि होइन ? भनी प्रश्न गरेको सुनाए । आफू हिडिरहेको ला स ठान्ने गरेको लेखेकी छिन् ।
सुईले झाङसँग १० वर्ष अघि नै यौ न सम्बन्ध राखेको खुलासा गरेकी छिन् । त्यतिबेला उनी तियानजिनको कम्युनिस्ट पार्टीका प्रमुख थिए । पोलिटब्युरो सदस्य भएपछि झाङले सुईसँग सम्बन्ध टु टा एका थिए ।
तर, झाङ अवकाशमा पुगेको तीन वर्षपछि फेरि से क्सको प्रस्ताव गरेको खुलाएकी छिन् । त्यसपछि उनी अ स न्तु ष्ट बनिन् । झाङले आफूसँग विवाहोत्तर सम्बन्ध राखेको पनि लेखेकी छिन् ।
टेनिसमा डबलतर्फ विश्व नम्बर एक बनिसकेकी सुईले ७५ वर्षीय झाङसँग सम्बन्ध राखेको खुलाउँदा आफूलाई सम्पर्कविहिन भएर पछि फेरि से क्स प्रस्ताव राखेको विषयलाई ग म्भी रतापूर्वक उठाएकी छिन् ।