चितवन –
चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगेका छन् ।
मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएपनि ढिलाइ भएपछि तिहारको सयममा समस्या हुनसक्ने भन्दै उनी चितवन पुगेका थिए ।
उनले दिउँसो पनि भइरहेको कामकोबारेमा जानकारी लिएर थप जनशक्ति ल्याएर काम गर्न निर्देशन दिएका थिए ।
‘तिहारको समयमा बत्ती नबलेपछि जनतालाई खुल्लो हुन्छ, त्यसैले मर्मतको काममा उत्प्रेरणा होस् भनेर म पनि यतै छु,’ घिसिङले टेलिफोनमा भने,’यहाँको ट्रान्सर्फमर हटाएर पोखराबाट अर्को ल्याएर जाडेपछि आपूर्ति चालु हुन्छ ।’ उनले काममा ढिलाइ हुन नदिने पनि आफैं फिल्डमा जानु परेको बताए ।
उनले दिउँसो नै कर्मचारीहरुलाई ग’म्भी’रतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरेका थिए । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बि’डम्ब’नापूर्ण अवस्थाको स’म्वेदन’शील’ता बुझ्न उनको आग्रह थियो ।
कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई काम गर्नेहरुले जे खान चाहे खसी नै काटेर खवाएर भएपनि छिटो काम गर्न अनुरोध गरेका थिए ।
मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा सम’स्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।
‘अन्य क्षेत्रका सबस्टेसनबाट विभिन्न क्षत्रेमा विद्युत् त दिएका छौं, तर ठूलो क्षत्रेमा अझै पनि बत्ती दिन सकिएको छैन,’ घिसिङले भने,’प्राविधिक कारण आएको सम’स्यालाई बुझिदिन म अनुरोध गर्न चाहन्छु ।’
यस्तै चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुचारु भएको छ । सबस्टेसनमा सम’स्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो ।
प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत आपूति सुचारु भएको विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्मर वदलीका साथै अन्य आवश्यक मर्मतको काम सकेर विद्युत सुचारु गरिएको हो ।