एजेन्सी –
विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिईओले मंगलबार सामाजिक सञ्जालमा एउटा गरेका छन् ।
उक्त पोष्टपछि चिनियाँहरु तीव्र बहसमा उत्रिएका छन् । मस्कले आफ्नो ट्विटर र वेइबो अकाउन्टमा प्राचीन चिनियाँ कविता ‘सेभेन स्टेप भर्स’को सारांश पोष्ट गरेका छन् ।
उक्त कविता पोष्ट गर्नुपूर्व उनले ‘मानवजाति’ भनेर लेखेका थिए । निकै प्र’ति’कात्म’कम अर्थ राख्ने ‘सेभेन भर्स स्टेप’मा प्राचीन समयका ३ राज्यबीच जारी झ’ग’डाका बेला शाही परिवारका २ जना दाजुभाईको सम्बन्ध चित्रण गरिएको छ ।
सम्बन्धको महत्व झल्काउने सो कविता चीनका सबै प्राथमिक विद्यालयमा पढाइन्छ । मस्कद्वारा पोष्ट गरिएको सोही कविताको सारांश मंगलबार चिनियाँ सामाजिक सञ्जालमा ट्रे’न्डि’ङमा छ ।
कवितालाई कसरी व्याख्या गर्ने भनेर सञ्जालमा बहस भइरहेको छ । हालसम्म १० करोडभन्दा बढीले उनको पोष्ट हेरिसकेका छन् ।
मस्कले यसै हप्ता ट्विटमा उल्लेख गरेका र कुकुरको नाम राखिएका परस्पर वि’रो’धी शाइबा इनु र डगीकोइन नामक क्रिप्टोकरेन्सीप्रति संकेत गर्न खोजेको धेरैको व्याख्या रहेको छ । चीनभित्र प्रति’ब’न्ध लगाइएको छ ।
तर क्रिप्टोकरेन्सी बजारमा त’ह’ल्का ल्याउने गरी ट्विट गर्ने व्यक्तिको रुपमा समेत मस्कलाई चिनिन्छ ।
सिह्वा समाचार माध्यमअन्तर्गतको रिफरेन्स न्युजले सोमबार विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकसँगको चर्को बहसप्रति मस्कले पोष्टमार्फत् स्वीकृति जनाएको हुन सक्ने बताएको छ ।
यसअघि १९ लाख फलोअर रहेका मस्कले वेइबोमा ३ दशकमै अन्तरिक्ष कार्यक्रम तथा आर्थिक वृद्धि हासिल गरेको भन्दै बारम्बार चीनको प्रशंसा गर्दै आएका छन् । तर मंगलबारको पोष्ट भने त्योभन्दा फरक छ ।
स्पेसएक्स नामक रकेट निर्माता कम्पनीका संस्थापक मस्क चीनमा निकै लोकप्रिय बन्दै गइरहेका छन् । कतिपयले अमेरिका-चीन सम्बन्ध बि’ग्रिए’को बेला उनको लोकप्रियता बढ्नु अनौठो मान्छन् । उनको कम्पनीले शांघाईमा एउटा फ्याक्ट्री सञ्चालन गर्दै आएको छ ।
हेर्नुहोस उहाँको पोष्ट
Humankind
— Elon Musk (@elonmusk) November 2, 2021
煮豆燃豆萁
豆在釜中泣
本是同根生
相煎何太急