विद्यालयमै पुगेर युवा नेता पाण्डेले गरे न्यानो कपडा र खेलकुद सामग्री वितरण !

काभ्रे – नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी रोशन पाण्डेले विद्यार्थीलाई न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

आईताबार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ स्थित श्री सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

युवा नेता पाण्डेले जाडो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्य र शैक्षिक क्रियाकलापमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको बताएको छ ।

विभिन्न सामाजिक अभियान र सामुदायिक गतिविधिमा सक्रिय पाण्डेले स्थानीय बालबालिकाको शैक्षिक विकासका लागि निरन्तर सहकार्य गर्दै आएका छन् । आर्थिक तथा पारिवारिक कठिनाइका कारण नियमित शिक्षा पाउन नसकेका बालबालिकालाई सघाउन उनले विभिन्न माध्यमबाट सहयोग प्रदान गर्दै आएका छन्, जसले समुदायमा सकारात्मक प्रभाव पारिरहेको छ।

पाण्डेले समाजका संवेदनशील परिस्थितिमा रहेका बालबालिकालाई सहयोग गर्नु आफूले निभाउनुपर्ने उत्तरदायित्व भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि विद्यालय, अभिभावक र समुदायसँग मिलेर अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिज्ञा व्यक्त गरेका छन् साथै पाण्डेले यो सहयोगले बालबालिकाको मनोबल उच्च हुने र अध्ययनसँगै खेलकुद गतिविधिमा समेत प्रोत्साहन मिल्ने विश्वास लिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...