काठमाडौं – भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै, शान्ति, विकास र उत्पादनमार्फत समृद्ध नेपालको सपना साकार पार्ने उद्देश्यसहित अगाडि बढिरहेको भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपाल प्रति युवाहरूको चासो दिनप्रतिदिन बढ्दै गएको छ।
देशभर संगठन विस्तार गर्ने घोषणा पछि, यो अभियानले अहिले काभ्रेपलान्चोक जिल्लामा आफ्नो संरचना विस्तार गरेको छ। सो क्रममा खानिखोला गाउँपालिका–४ मा एक विशेष भेलाको आयोजना गरी वडा समिति गठन गरिएको हो।
लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय युवा रुपेश लोप्चनले काभ्रेपलान्चोक जिल्लामा अभियान विस्तार र कार्यक्रम संयोजनको जिम्मेवारी सम्हालिरहेका छन्। संयोजक लोप्चनले छोटो समयभित्रै आफ्नै वडाबाट संगठन विस्तारको काम सुरु गरी अभियानलाई जनस्तरमा पुर्याउने पहल गरेका हुन्।
खानिखोला गाउँपालिका–४ मा सम्पन्न भेलाले ङेमा थिङको संयोजकत्वमा २१ सदस्यीय वडा समिति गठन गरेको छ।
समितिका सह–संयोजकमा श्याम वाजु र सोमबहादुर स्याङ्तान रहेका छन्।
त्यस्तै सदस्यहरूमा बिक्रम जिम्बा, सुरेश बल, छिरिङ थोकर, भिमबहादुर घलान, दिप बल, रजिना लोप्चन, समर जिम्बा, बिकलाल लोप्चन, शुकबहादुर घलान, प्रविन लोप्चन, चन्द्रध्वज स्याङ्तान, सरोज स्याङ्तान, प्रेमबहादुर लोप्चन, अबिल स्याङ्तान, बिजय जिम्बा, बुद्ध स्याङ्तान र शिवराज स्याङ्तान रहेका छन्।
सदस्यहरूले वडामा हुने विकास निर्माण कार्यहरूमा पारदर्शिता सुनिश्चित गर्ने, अनियमितता नियन्त्रण गर्ने र सबै तहमा देखिने भ्रष्टाचारका गतिविधिहरू विरुद्ध दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।
भेलामा सहभागी युवाहरूले भ्रष्टाचारविरुद्ध नागरिक अभियानलाई जनस्तरमा पुर्याएर, सचेतना फैलाउने र सरकारी निकायहरूको काममा निगरानी राख्ने प्रतिबद्धता जाहेर गरेका छन्।
कार्यक्रम संयोजक रुपेश लोप्चनले भने — “अब हामीले भ्रष्टाचारविरुद्धको अभियानलाई गाउँगाउँसम्म पुर्याउने छौं। नागरिक सचेतना, निगरानी र खबरदारीको माध्यमबाट भ्रष्टाचारलाई शून्यमा झार्ने हाम्रो मुख्य लक्ष्य हो।”
उनका अनुसार, निकट भविष्यमा पालिका र जिल्ला स्तरमा पनि यस्तै सक्रिय समिति गठन गरेर संगठनलाई सशक्त रूप दिन तयार गरिएको छ।
संस्थाले विश्वास व्यक्त गरेको छ कि, नागरिकको सहभागिता र पारदर्शी प्रशासनिक अभ्यासले मात्र देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ।



















