पनौती नगरपालिका ‘बालश्रममुक्त’ घोषणा

काभ्रे – पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणा भएको छ ।

३९ सूचक पुरा गरेर बालमैत्री स्थानीय तह घोषणा भएको पनौतीले यसको दिगोपनाको लागि समेत बालश्रममुक्त नगरपालिका घोषणा भएको हो ।

भदौ २९ गते शनिवार एक कार्यक्रमविच विभिन्न मितिमा १२ वटै वडा बालश्रममुक्त घोषणा भएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बालश्रममुक्त नगरपालिका घोषणा गरेका हुन् ।
पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त नगरपालिका घोषणा महत्वपुर्ण उपलब्धीको रुपमा लिएको बताए । यद्यपी यसको निरन्तरतामा ध्यान दिन नसकिए घोषणाको वास्तविक अर्थ नहुने तर्फ पनि नगरपालिका सचेत रहेको उनको भनाई थियो ।
दिगोपनाको लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको नग प्रमुख भण्डारीले बताएका छन । नगर प्रमुख रामशरण भण्डारीले समाज रुपान्तरण गर्दै सभ्य समाज निर्माण गर्ने क्रममा थप सफलता प्राप्त भएको बताए ।
उप–प्रमुख गीता बञ्जाराले नगरपालिकाले बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् । टोल–टोल र वस्तीस्तरमा सञ्चालित कार्यक्रमबाट बालबालिकाको व्यक्तित्व, क्षमता विकासमा धेरै परिवर्तन आएको उनले बताइन् । बालश्रममुक्त नगर घोषणासँगै जिम्मेवारी पनि थपिएको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले श्रममा बालबालिकाको प्रयोगले कयौं बालबालिकाहरु आधारभुत तथा मौलिक अकिार, शिक्षा, स्वास्थ्य, सहभागीता र परिवारसँग बस्ने अधिकारबाट बञ्चित हुने बताए । बालबालिकाको अधिकार संरक्षणका लागि बालश्रममुक्त नगर घोषणा महत्वपुर्ण रहेको उनले बताए ।

नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधी २०८० तयार गरी अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधी सञ्चालन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...