काठमाडौं – काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फुटपाथ विस्तार कार्य तत्काललाई रोकेको छ ।
मेयर बालेन शाहको कार्यकक्षमा भएको छलफलपछि आगामी मंसिर २ गतेसम्म न्युरोड क्षेत्रमा कुनै पनि निर्माणसम्बन्धी काम अघि नबढाउने सहमति भएको हो ।
छलफलमा मेयर बालेनसहित, उपमेयर सुनिता डंगोल, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन लगायत सहभागी थिए ।
वडा नम्बर २२ र २३ क्षेत्रका सम्पदाका विषयमा अध्ययन गरिने र त्यसको प्रतिवेदन नआउन्जेल फुटपाथ विस्तार नगर्ने सहमति भएको हो ।
महानगरले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक घटाएर फुटपाथ विस्तार थालेपछि स्थानीयवासी आन्दोलित भएका थिए । जनप्रतिनिधिहरूले सडकबाटै काम गरेका थिए । स्थानीय र वडाअध्यक्षको आन्दोलनका कारण मेयर साह काम रोकेर सहमति गर्न तयार भएका हुन् ।



















