काभ्रे – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज आफ्नो ५४ औं स्थापना दिवस अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी स्थापनाको स्वर्ण जयन्ती मनाएको छ ।
स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ काभ्रेले प्रमुख अतिथि पुर्व केन्द्रिय सदस्य शिव प्रसाद हुमागाई र विशिष्ट अतिथिमा जिल्ला सभापति एवं वाग्मति प्रदेशको खानेपानी उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाको उपस्थितिमा बनेपामा रहेको बनेपा पार्टी भेन्युमा खुला रक्तदान कार्यक्रम आयोजना गरि मनाएको छ ।
नेविसंघ काभ्रेले कांग्रेस काभ्रेका जिल्ला सभापति माननीय तीर्थ बहादुर लामा ज्यू बागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिंचाई मन्त्री हुनु भएकोमा आयोजित बधाई ,शुभकामना कार्यक्रम भब्यताका साथ् सम्पन्न्न भएको छ।
बिभिन्न पालिकाका जनप्रतिनिधी ज्यु, ने बि संघ का पूर्व केन्द्रिय सदस्य एबम पूर्व जिल्ला सभापति ज्यु, भातृ सस्था सभापति ( नेपाल तरुण दल, आदिबासी जनजाती संघ, शिक्षक संघ, ट्रेड युनियन ) सम्पूर्ण क्याम्पस ईकाइ समिती र विश्वबिद्यालय समिती प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
रक्तदान जस्तो पवित्र कार्यमा प्राबिधिक सहयोग गर्नु हुने नेपाल रेडक्रस सोसाइटी र रक्तदान गर्नु हुने ५२ रक्तदान गरि कार्यक्रमलाई सफल बनाउन सहयोग गरेको विद्यार्थी नेता प्रकाश वाईवाले हामीलाई जानकारी दिनुभएको छ । आगमी दिनहरुमा यी र यस्ता समाजिक कार्यक्रममा सदैव नेविसंघ सदैव लागिरहने समेत वाईवाले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री तिर्थ लामाले काभ्रे जिल्लाको विकासको लागि अनवरत खटिरहने र जस्तोसुकै परिस्थितिमा पनि कार्यकर्ता र जनताको सुख दुखमा साथ दिन काभ्रे काङ्ग्रेस सदैब अघि बढिरहने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ भने त्यसै गरि नेबिसका सभापतिले विद्यार्थीहरुको सबै खाले समस्यामा आफु लागिरहने समेत बताएका छन् ।
नेपाली विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेविसंघको स्थापना विसं २०२७ वैशाख ६ गते काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।
नेविसंघले विभिन्न राजनीतिक परिवर्तन र शैक्षिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
कार्यक्रममा फोटोहरु























