काभ्रे – काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाल)का चन्द्र लामालाई तीन मतले पराजित गरे ।
२०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रमा विजयी भएका एमालेका चन्द्र लामालाई ३ मतले हराउँदै तीर्थ लामा निर्वाचित भएका हुन् ।
कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरे । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नं १ को प्रदेश (२) मा ४६ हजार ८ सय ५१ मत खसेको थियो । जिल्लाको कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये प्रदेश १ (२)मा ७६ हजार १ सय ४६ मतदाता रहेका छन् ।


















