काठमाडौं – एकपछि अर्को चमत्कार गर्दै आइरहेको चीनले इतिहास रच्ने काम गरेको छ । विश्वमै पहिलोपटक चीनका वैज्ञानिकहरुले एउटा यस्तो माछा तयार पारेका छन्
जसले सुक्ष्म प्लास्टिक अर्थात् माइक्रो प्लास्टिक खाएर आफ्नो पेट भर्दछ । योसँगै अब समुद्रबाट माइक्रोप्लास्टिकको समस्या समाधान हुने आशा जागेको छ ।
चीनको दक्षिण पश्चिमस्थित सिचुआन विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त विशेष रोबोटिक माछा तयार गरेका हुन् । यो रोबोटिक माछाले माइक्रोप्लास्टिक खाने गर्दछ । यो रोबोटिक माछाको विकाससँगै अब भविष्यमा समुद्रमा माइक्रोप्लास्टिक प्रदूषणको समस्या हट्ने अपेक्षा गरिएको छ ।
उक्त रोबोटिक माछाको विकास गर्ने वैज्ञानिक वांग युयानका अनुसार यो माछा देख्दा र छुँदा ठ्याक्कै वास्तविक माछा जस्तै अनुभूति हुन्छ । यसको लम्बाइ १।३ सेन्टिमिटर अर्थात् आधा इन्च मात्रै छ । यो रोबोटिक माछाले पानीमा रहेको माइक्रोप्लास्टिकलाई खाने गर्दछ ।
हालका लागि यो रोबोटिक माछाले कम गहिरो पानीका स्रोतमा मात्र काम गर्न सक्दछ । त्यसैले यसलाई समुद्रको पिँधसम्मै जानसक्ने गरी विकास गर्नेतर्फ वैज्ञानिकहरु जुटिरहेका छन् । यदि त्यो प्रयास सफल भएमा सामुद्रिक प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।
वांगका अनुसार यो सानो र हलुका रोबोट माछालाई विभिन्न तरिकाले उपयोग गर्न सकिन्छ । यो माछा वायोमेडिकल तथा घातक शल्यक्रियाहरुमा पनि काम लाग्न सक्दछ । उक्त माछालाई भविष्यमा मानिसको शरीरका जुनसुकै भागमा पनि गएर रोगको उपचार गर्न सक्ने गरी सानो आकारमा विकसित गर्ने वांग बताउँछन् ।
वैज्ञानिकहरुले यो माछालाई प्रकाशको आधारमा चल्नसक्ने बनाएका छन् । हाल यो रोबोटिक माछा नियर इन्फ्रारेड लाइट ९ल्क्ष्च्० को दिशामा अगाडि बढ्दछ । अर्थात् यो प्रकाश पछ्याउँदै अगाडि बढ्दछ । प्रकाशलाई घटबढ गर्दै यसको दिशा तथा गति नियन्त्रण गर्न सकिन्छ ।
समुद्रमा रहँदा कुनै ठूलो माछाले यसलाई सिकार सम्झेर निल्यो भनेपनि समस्या छैन । यसले ठूलो माछाको पेटमा कुनै हानी गर्दैन । किनकी यसको शरीर पोलियुरिथेनबाट बनेको हुन्छ, जुन जैविक तरिकाबाट गल्दछ ।
यो रोबोटिक माछा आफ्नो शरीरको आकारको करीब पौने ३ गुणा धेरै दूरी प्रतिसेकेण्डको गतिमा दौडिन सक्दछ । यो विश्वमा हालसम्म निर्मित नरम रोबोटमध्ये सबैभन्दा तीव्र गतिको रोबोट भएको बताइएको छ ।–एजेन्सीको सहयोगमा
These 1.3 cm long robotic fish developed by scientists from China’s Sichuan University can eat microplastics from water, proving to be potentially helpful in cleaning oceans. Read more here https://t.co/rbPPid2qy9 pic.twitter.com/HxOfxHeoDX
— Reuters Science News (@ReutersScience) July 13, 2022























