युवाहरुलाई उर्जा दिदै नुवाकोट म्यागङको किसान गर बहादुर तामाङ !

काठमाडौं – नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकामा अवस्थित ‘सानो कल्लेरी कृषि फर्म’को अवलोकन गर्न नेपाल किसान महासंघको टोली पुगेको छ ।

नुवाकोटमा ‘सुन्तला बाजे’ नामले परिचित गरबहादुर तामाङले करिब ४–५ सय रोपनी जग्गामा खेती गर्दै आउनु भएको छ र सो फर्मको अवलोकन गर्न नेपाल किसान महासंघको टोली शनिबार पुगेको हो ।

कृषि प्रधान देश नेपालमा पछिल्लो समय युवाहरूको विदेश पलायन बढ्दो अवस्थामा रहे पनि कृषिबाट आत्मनिर्भर बन्ने विषयमा सरकार र नागरिक तहबाट अपेक्षित ध्यान पुग्न नसकेको यथार्थबीच, नुवाकोटका किसान गर बहादुर तामाङले उदाहरणीय काम गर्दै आउनु भएको छ ।

तामाङले सुन्तला तथा ड्रागन फ्रुट खेती गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेको ‘बुङताङ’ ब्रान्डको सुन्तला बजारमा सफल रूपमा बिक्री–वितरण भइरहेको छ । व्यावसायिक कृषिमा निरन्तर लाग्दै आएको उहाँको साहस, मिहिनेत र सफलतालाई हौसला प्रदान गर्ने उद्देश्यले नेपाल किसान महासंघको टोली उहाँकै फर्ममा पुगेर अवलोकन गरेको हो ।

अवलोकन टोलीमा नेपाल किसान महासंघका केन्द्रीय सदस्यहरू सुमन तिवारी, इस्वरी देवी बजागाईं, कृष्ण सेडाईं, रबिन्द्र महार्जन, प्रदेश अध्यक्ष मिरा स्याङ्तन, प्रदेश सहमहामन्त्री तथा पूर्व डीएसपी जगदीश्वर कार्की, भक्तपुर जिल्ला अध्यक्ष इन्द्र प्रजापती, काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का अध्यक्ष डम्बर घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

गरबहादुर तामाङ स्वयं पनि नेपाल किसान महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँको कृषि यात्राले युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको सहभागीहरूले बताएका छन् । महासंघले यस्ता नमुना कृषि कर्मलाई प्रवर्द्धन गर्दै कृषिबाट आत्मनिर्भर नेपाल निर्माणमा थप सक्रियता बढाउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...