काभ्रेको खानीखोला ३ बाङ्गेमा आगोलागी हुँदा १ जनाको मृत्यु !

काभ्रे – काभ्रेको खानीखोला गाउँपालिका वडा नंं. ३ मा आगलागी हुँदा एक घर नष्ट भएको छ । शनिबार लागेको आगलागीमा खानीखोला गाउँपालिका–३ बाङ्गेका भक्तबहादुर थिङ (हस्त सिं)को घर जलेर नष्ट भएको हो ।

आगलागीमा थिङको मकैको ग्वाख,थाँक्रो, १०० वाटको सोलार लगायतका धनमाल डढेको स्थानिय समाजसेवी तथा युवा नेता नेमा बलले जानकारी दिएको हो ।

थिङको घरमा आगोलागि हुदा सुस्तमनोस्थितिका वृद्ध माईली माया थिङको जलेर मृत्यु भएको छ भने घरमा भएका घरायसी सामान जल्दा करिब ५ लाखको क्षती भएको छ । आगलागीमा थिङ परिवारले शरीरमा लगाएको लुगाहरु समेत जलेको र सामान बाँकी नरहेको स्थानिय समाजसेवी तथा युवा नेता बलले बताए ।

थिङको घरमा लागेको आगो छिमेकीहरुले मिलेर नियन्त्रणमा लिएको बताइएको छ । सुस्तमनोस्थितिका वृद्धले चलाएको आगोका कारण घट्ना भएको स्थानीयको अनुमान छ ।

मृतक माईलीमायाको छोरा भाञ्जीको विवाहको लागि काठमाडौंमा भएको र बुहारी र नातीनी घाँस काट्न गएको बेला आगोलागि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...